गंगालालमा घटे बिरामी

गंगालालमा घटे बिरामी

काठमाडौं : कोरोना संक्रमण त्राससँगै सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा बिरामी घटेका छन्। यहाँ सामान्य अवस्थामा दैनिक सात सयसम्म बिरामी उपचार गराउन आउँथे। हिजोआज मुस्किलले ७०/८० जना आउने गरेका छन्।

मुटु रोगको मात्र उपचार गर्ने काठमाडौंको यो एक मात्र सरकारी अस्पताल हो। कोरोनाको त्रास रहे पनि अस्पतालले अहिले कुनै पनि सेवा कटौती नगरेको प्रशासनले बताएको छ। उपचारमा संलग्न चिकित्सक र अन्य प्रशासनिक कर्मचारी पनि नियमित रूपमै अस्पताल आइरहेका छन्। तर बिरामीको व्यक्तिगत समस्याका कारण उपचार गराउन आउनेको संख्यामा कमी आएको हुनसक्ने प्रशासनको अनुमान छ। त्रासका कारण सरकारले गत चैत ११ गतदेखि मुलुकव्यापी लकडाउन गरेको थियो। चैत ११ गतेदेखि वैशाख १५ गतेसम्म अस्पतालले पनि ओपीडी सेवा बन्द गरेको थियो। अहिले सबै सेवा सुचारु भइसकेको केन्द्रका निर्देशक डा. चन्द्रमणि अधिकारीले बताए।

फागुनमा अस्पतालमा ११ हजार २ सय ६३ जना बिरामी आएका थिए। चैतमा ३ हजार २ सय ४६ जना आएका थिए भने वैशाखमा यो संख्या घटेर १ हजार २ सय ९९ जनामा सीमित भए। अहिले बिरामीको संख्यामा बिस्तारै वृद्धि भइरहेको छ। अस्पताल प्रशासनका अनुसार जेठ महिनामा २ हजार २ सय ८३ तथा असार महिनामा १ हजार ८ सय ३९ जना बिरामी आएका छन्। यो असारको १२ दिनको मात्र तथ्यांक हो। मसान्तसम्ममा बिरामी बढ्न सक्ने अस्पताको अनुमान छ।

महिनाअघि अस्पतालमा उपचार गराउन आएकी बिरामीमा पोजेटिभ देखियो। ती बिरामीलाई त्रिवि शिक्षण अस्पतालमा स्थानान्तरण गरेर कोरोनाको उपचार गरिएको थियो। ‘त्यतिखेर पनि गंगालाल अस्पताल बन्द भएन। हामीले ओपीडी बाहेकका नियमित सेवा दिइरह्यौं’ अधिकारीले भने। अस्पतालमा आकस्मिक सेवामा भर्ना हुने बिरामीको संख्यामा पनि कमि आएको छ। सामान्य अवस्थामा अस्पतालले दैनिक ७० बिरामीलाई आकस्मिक सेवा दिन्थ्यो। अहिले यो संख्या आधा छ। अधिकारीले भने, ‘३०÷३५ बिरामी इमर्जेन्सीमा भर्ना भइरहेछन्। अहिले पनि आकस्मिक शल्यक्रिया लगायतका काम रोकेका छैनौं।’

सार्वजनिक यातायात नचल्दा पनि बिरामी अस्पताल आउन सकेका छैनन्। कलंकीका कृष्ण लौडारीले भने, ‘चैतदेखि नै कोखा घोचिरहन्थ्यो। जचाउँछु भन्दाभन्दै लकडाउन भयो। अहिले मोटरसाइकलमा जोरबिजोरअनुसार दिन हेरेर चलाउन पाइने भए पनि बल्ल अस्पताल आए।’ दैनिक उपचारमा कमी आउनेको संख्यामा कमि आए पनि बिरामीको गुनासो भने अन्य दिनको जस्तै छ। भनेको समयमा डाक्टरलाई नभेटिने, प्रयोगशालाको रिपोर्ट तोकिएको समयमा नआउने, एक्सरे, इसिजीलगायतका काम गर्न धेरै समय पर्खनुपर्ने समस्या रहेको बिरामीको गुनासो छ। निर्देशक अधिकारीले सेवा सहज बनाइरहेको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.