कोरोना पुष्टि भएपछि वडा कार्यालय र क्लिनिक बन्द

कोरोना पुष्टि भएपछि वडा कार्यालय र क्लिनिक बन्द

गोरखा : गोरखा नगरपालिका-९ को वडा कार्यालय र त्यहाँको सहरी स्वास्थ्य क्लिनिक बन्द गरिएको छ। बारपाक सुलिकोट गाउँपालिकाका स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएको र उनको कन्ट्याक ट्रेसिङको क्रममा लक्ष्मीबजारस्थित सहरी स्वास्थ्य संस्थामा कार्यरत एक स्वास्थ्यकर्मी सम्पर्कमा रहेको देखिएकाले नगरपालिकाले सूचना जारी गर्दै सो क्लिनिक बन्द गरेको हो।

त्यस्तै वडा कार्यालयका कर्मचारी पनि उनको सम्पर्कमा रहेको आशंकामा वडा कार्यालयका कर्मचारीको पनि कन्ट्याक ट्रेसिङ गर्नुपर्ने भएकाले वडा कार्यालय पनि बन्द गरिएको नगरपालिकाले जनाएको छ। नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै लक्ष्मीबजार आसपासका बासिन्दालाई व्यापार व्यवसाय बन्द गर्न आग्रह गरेको छ।

त्यस्तै अत्यावश्यक काम बाहेक हिँडडुललगायतका बाहिरि गतिबिधि बन्द गरिदिन सर्वसाधारणमा आग्रह गरेको छ। अहिले कन्ट्याक ट्रेसिङ भइरहेको र कन्ट्याक ट्रेसिङ गरिएकाहरुको कोरोना रिपोर्ट नआउञ्जेल वडा कार्यालय, स्वास्थ्य संस्था र बजार क्षेत्र पनि बन्द गर्न नगरपालिकाले निर्देशन गरेको छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.