श्रीमतीले छाडेपछि आत्महत्या
गोरखा : चार महिनाअघि बिहे गरेकी श्रीमतीले छाडेपछि गोरखाका एक युवाले आत्महत्या गरेका छन्। गोरखा नगरपालिका-५ मैदानका २१ वर्षका सञ्जीव श्रेष्ठले बुधबार दिउँसो साढे चार बजे घरभित्रै झुण्डेर आत्महत्या गरेको प्रहरी निरीक्षक सिमोन धितालले जानकारी दिइन्।
उनको शव पोष्टमार्टमका लागि गोरखा अस्पतालमा लगिएको र घटनाबारे थप अनुसन्धान भएको उनले बताइन्। लामो समय प्रेमपछि गत चैतमा उनीहरुको बिहे भएको थियो। श्रीमतीले एकहप्ताअघि छाडेर गएपछि श्रेष्ठ बिक्षिप्त बनेको स्थानीय सौरभ शर्माले जानकारी दिए। श्रीमतीले छाडेपछि श्रेष्ठले बारम्बार आत्महत्या गर्ने संकेत गर्ने गरेको उनले बताए।
यसअघि श्रीमतीले सँगै बस्न नसक्ने भन्दै श्रेष्ठविरुद्ध प्रहरीमा उजुरीसमेत दिएकी थिइन्। प्रहरीले २० वर्ष नपुग्दै गरेको विवाहलाई वैध मान्न नसकिने भन्दै अलग अलग बन्द सुझाव दिएर पठाएको थियो।
प्रतिक्रिया दिनुहोस !