पोखरीमा पौडी खेल्ने क्रममा बेपत्ता युवा अझै फेला परेनन्
पोखराः फेवातालमा मिसिने हर्पन खोलामा यसै वर्ष बनाइएको सिल्टेसन पोखरीमा पौडी खेल्ने क्रममा एक युवा शुक्रबारदेखि बेपत्ता भएका छन् । पोखरा महानगरपालिका २३ स्थित सिल्टेसन पोखरीमा पौडी खेल्ने क्रममा पोखरा २६ का प्रयुश गुरुङ वेपत्ता भएको प्रहरीले बताएको छ ।
चारजना युवा भएर हर्पन ड्याममा पुगेका र दुईजना पौडी खेल्ने क्रममा एकजना बेपत्ता भएको प्रहरीले बताएको छ । शुक्रबार घट्नालगत्तै, शनिबार र आइतबार बिहान खोजी गर्दा पनि हर्पन सिल्टेसन ड्याममा हराएका गुरुङलाई फेला पार्न नसकिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्त्ता डिएसपी सुवास हमालले जानकारी दिए । गोटाखोर र मोटरबोटको प्रयोग गरी नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीले हराएका युवाको खोजी गरिरहेको हो ।
तालको मुख्य स्रोत हर्पन खोला हुँदै फेवातालमा गेग्रयान, मोटा मिसिने क्रम रोक्न यसै वर्ष पोखरा महागनरगरपालिका र गण्डकी प्रदेश सरकारको संयुक्त लगानीमा हर्पन, अधेरी खोलालगायत पाँच खोलामा सिल्टेसन पोखरी निर्माण भएको हो ।
प्रतिक्रिया दिनुहोस !