स्याङ्जामा ३५ जनाले जिते कोरोना
![स्याङ्जामा ३५ जनाले जिते कोरोना](https://annapurnapost.prixacdn.net/media/albums/coronajitneharu_20200714114047_bx0IgiGvbP.jpg)
स्याङ्जा : अर्जुनचौपारी गाउँपालिकाका एक वर्षीय र चापाकोट नगरपालिकाका डेढ वर्षीय नावालक सहित स्याङजामा मंगलबार ३५ जनाले कोरोना जितेका छन् । गण्डकी प्रादेशिक कार्यालय पोखराले मंगलबार भीरकोटस्थित कालिका सामुदायिक अस्पतालको आइसोलेसनमा रहेका २२ जना र गल्याङ नगर अस्पतालको आइसोलेसनमा रहेका १३ जनाको पीसीआर रिपोर्ट नेगेटिभ आएको जनाएको हो ।
कार्यालयका अनुसार कालिकामा रहेका गल्याङका १ पुरुष, बिरुवाका १ पुरुष, र पुतलीबजारका ३ पुरुष, भीरकोटका ३ पुरुष सहित एक महिला र अर्जुनचौपारीका ९ पुरुष सहित ४ महिलाले कोरोना जितेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
यसैगरी, गल्याङमा रहेका चापाकोटका १ महिला, बच्चासहित ६ पुरुष, कालीगण्डकीका ३, गल्याङका २ र आधीखोलाका एक÷एक पुरुषगरी १३ जनाले कोरोना संक्रमण जितेको स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिए ।
स्याङजामा कोरोना भाइरस संक्रमण जित्नेको संख्या बढ्दो छ । एक सय ९३ जनामा संक्रमितमध्ये मंगलबारसम्ममा १ सय ६२ जनाले कोरोना जितेर घर फर्केका छन् । दुईजनाको भने कोरोनाले मृत्यु भएको छ । अन्य संक्रमित भने जिल्ला स्थित विभिन्न आइसोलेसनमा उपचाररत छन् ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)