राहतमा कुहिएको चामल, स्थानीयले सडकमै फ्याकिदिए

राहतमा कुहिएको चामल, स्थानीयले सडकमै फ्याकिदिए

दैलेख : जिल्लाको नारायण नगरपालिका-४ ले राहतमा कुहिएको दाल र चामल वितरण गरेको पाइएको छ । वडा कार्यालयले कुहिएको चामल दिएपछि स्थानीयले सडकमा लिएर फ्याकिदिएका छन् । मंगलबार स्थानीय बासिन्दाले कुहिएको दाल र चामल दिएको भन्दै सडकमा लगेर फ्याकि दिएका हुन् । वडाले वितरण गरेको चामल घरमा लिएर बोरा खोल्दा कुहिएको भेट्टाएपछि सडकमै लिएर फ्याक्नु परेको स्थानीयले बताएका छन् । स्थानीयले नाराबाजी गर्दै प्रर्दशन समेत गरे । पीडितले वडा कार्यालयमा तालाबन्दी समेत गरेका छन्। 

गुणस्तरहीन चामल र दाल बाँडेपछि विपन्नले आफूहरुलाई पशुले पनि खान नसक्ने अन्न दिएको भन्दै स्थानीय तहसँग आक्रोश पोखेका हुन् ।  प्रतिपरिवार १० देखि १५ केजीसम्म चामल दिइएको तर चामल सबै कुहिएकाले सडकमा फ्याकेर आन्दोलन गर्नुपरेको स्थानीय अमृता कठायतले बताइन् । 'लकडाउनको समयमा खाद्यान्न चरम समस्या थियो, त्यतिबेला चामल पाएनौं, अहिले असारमा आएर वडा कार्यालयले चामल दियो, तर कुहिएको, स्थानीय हस्तबहादुर खड्काले भने । 

वडा कार्यालयले खानै नमिल्ले ढुसी परेको चामल दिएको उनले बताए । नगरपालिकाले गत जेठमा टेन्डर प्रक्रियामार्फत चामल खरिद गरी केही समय नगरपालिकाको गोदाममा राखेर वडामा पठाएपछि आफूहरुले सोही चामल वितरण गरेको वडाध्यक्ष वीरबहादुर कटुवालले बताए । 

'हामीले बोरा खोलेर हेरेनौं, वडामा ५ सय ४३ घरधुरी छ, नगरपालिकाले २ सय १३ बोरा चामल पठायो,'वडाध्यक्ष कटुवालले भने, 'दुई परिवारलाई एक बोरो चामल दिने सर्बदलीय बैठकको निणर्यमा टेकेर वितरण गरेका हौं।'

केही घरधुरीका लागि वितरण गरिएको राहतको चामलमा यस्तो समस्या भेटिएको वडाध्यक्ष कटुवालको भनाइ छ । 'समस्या समाधानका लागि नगरपालिकामा पहल थालेको छु, 'उनले भने, 'कुहिएको चामल फिर्ता गरेर नयाँ चामल दिन्छौं।' 

कुहिएको चामल दिएपछि आन्दोलनमा उत्रिएका स्थानीय। तस्बिर : अन्‍नपूर्ण


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.