ओली–प्रचण्ड अडानमै, आजको छलफलमा नेपाल पनि सहभागी हुने

ओली–प्रचण्ड अडानमै, आजको छलफलमा नेपाल पनि सहभागी हुने

काठमाडौं : सत्तारुढ दल नेकपाभित्र देखिएको किचलो ब्यवस्थापनका लागि पार्टी स्थायी समिति बैठक रोकेर विगत १३ दिनयता दुई अध्यक्षले सातपटक सम्वाद गरे पनि समाधानको सूत्र फेला पार्न सकेका छैनन्। २ साउनसम्मलाई बैठक स्थगित गरेर एक्लाएक्लै छलफलमा बसेका प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालबीच विषयवस्तु केन्द्रीत भएर लयमा छलफल भए पनि समाधानका अचुक अस्त्र के निकाल्ने भन्नेमा अझै नेता सहमतिमा पुग्न नसकेका हुन्।

प्रधानमन्त्री ओलीको पार्टीभित्रै प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट अध्यक्ष दाहाल, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतमलगायत नेताले राजीनामा माग गरेपछि विवाद उत्कर्षमा छ। ओली अध्यक्ष र प्रधानमन्त्री दुवैबाट राजीनामा नदिने अडानमै छन्। वरिष्ठ नेता झलनाथ खनालले लगातार दुई अध्यक्षले छलफल गरे पनि अहिलेसम्म कुनै निष्कर्ष फेला पार्न नसकेको बताए। उनले अन्नपूर्णसँग भने, ‘दुई अध्यक्ष छलफलमा बस्नु त भएको छ तर सहमति केही भएकै छैन। अब अध्यक्षबीच सहमति जुटेन भनेर स्थायी समिति रोक्ने कुरा हँुदैन।’ अब विवाद र भएका सहमति स्थायी समिति बैठकमै ल्याएर छलफल गर्ने उनको भनाइ छ।

महासचिव विष्णु पौडेलले भने, ‘अध्यक्षबीच गम्भीरतापूर्वक समस्या समाधान गर्ने हेतुलै नै कुराकानी भइरहेको छ। बिहीबार पनि छलफल हुन्छ।’ बुधबारको ओली दाहालको छलफलमा केहीबेर महासचिव पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए। बिहीबारको छलफलमा भने पार्टीका वरिष्ठ नेता माधव नेपाललाई पनि राखेर छलफल गर्नुपर्ने प्रस्ताव अध्यक्ष दाहालले छलफलका क्रममा राखेका थिए। तर ओलीले यसमा कुनै प्रतिक्रिया जनाएका छैनन्। सम्भवतः सोही कारण पनि अबको छलफलमा नेपाललाई पनि राखेर राखेर छलफल गर्ने सम्भावना छ। तर उक्त छलफलको समय निर्धारण भने भएको छैन।

महासचिव पौडेलले साउन २ गतेको बैठक भने बस्ने जानकारी दिए। ‘अबको बैठकका विषयमा कुनै सोचिएको छैन’, उनले भने। ओलीसँग छलफलका लागि बालुवाटार जानुअघि दाहालले खुमलटारमा नेपालसँग भेट गरेका थिए। त्यसलगत्तै दाहालले उपाध्यक्ष गौतमसँग उनकै निवास भैसेपाटीमा पुगेर छलफलको बिफ्रिड गरेका थिए। साँझ भने दाहालले फेरि नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठसँग छलफल गरेका थिए। उता प्रधानमन्त्री ओलीले पनि दाहालसँगको छलफलपछि बुधबार साँझ आफूनिकट केही नेता र दाहाल र नेपाल निकटका अन्य केही स्थायी समिति सदस्यसम्मलाई पनि बोलाएर बालुवाटारमा छलफल गरेको स्रोतले बतायो।

बैठक राख्न दवाब बढाउने

स्थायी समिति बैठक बोलाउन माग गरेर गत वैशाख १० गते दुई अध्यक्षलाई लिखित माग नै गरेका नेकपाका २० स्थायी समिति सदस्यमध्ये १७ नेताको पनि बुधबार सिंहदरवारमा बैठक बसेको थियो। उनीहरूले अहिलेसम्म अध्यक्षबीचको छलफलका विषय र त्यहाँ जुटेका सहमति, असहमति सबै विषय अब स्थायी समिति बैठकमा ल्याएर छलफल गर्नुपर्ने माग गर्दै नेतृत्वलाई दवाब बढाउने अनौपचारिक निष्कर्ष निकालेका छन्।

छलफलमा स्थायी समिति बैठक माग गर्ने २० नेतामध्ये सुरेन्द्र पाण्डे, भीम आचार्य र चक्रपाणि खनालबाहेक १७ नेता सहभागी थिए। स्थायी समिति सदस्य देव गुरुडले अन्नपूर्णसँग भने, ‘नेता र हामीबीच अनौपचारिक छलफल चलिरहेको छ।’ छलफलमा सहभागी धेरैजसो नेताले बैठक रोकिन थालेकोमा चिन्ता व्यक्त गरेका थिए।

१३ दिनमा सात भेट, छैन मेल

असार १८ मा प्रधानमन्त्रीले संसद् अधिवशेन अत्य गरेपछि मात्रै चारपटक स्थायी समिति बैठक सारेर पाँचौंपटकको साउन २ का लागि तोकिएको छ। पछिल्लोपटक एक साता बैठक स्थगित गरे पनि बैठकअघि सहमति जुटाउने समय बिहीबार एक दिन मात्र बाँकी छ। नेकपाका दुई अध्यक्ष १८ असारयता १३ दिनबीच सातपटक बालुवाटारमा वार्तामा बसे। तर वार्तामा दुवै आआफ्ना अडान राख्नेभन्दा खास निश्कर्ष उनीहरूले निकाल्न सकेनन्। बुधबारको छलफलपछि भने दुवै पक्षका नेताको दौडादौड एक्कासि फेरि बाक्लिन थालेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.