तीन हप्तामै बन्यो दैलेखमा आइसोलेसन अस्पताल

तीन हप्तामै बन्यो दैलेखमा आइसोलेसन अस्पताल

दैलेख : दैलेखमा आइसोलेसन अस्पताल निर्माण गरिएको छ । कोरोना भाइरस रोग संक्रमितको उपचारका लागि दैलेख सदरमुकामस्थित झुप्रेसाल नजिकै भगवती मन्दिरको डाँडामा अस्पताल निर्माण गरिएको हो । 

स्वास्थ्य सेवा कार्यालय दैलेखको प्रत्यक्ष निगरानीमा सञ्चालन हुने गरी अस्पताल बनाइएको हो । कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि निर्माण थालिएको अस्पताल तीन हप्तामा सकिएको निर्माण कम्पनीले जनाएको छ । 

एक पटकमा ५० जनाको उपचार गर्ने गरी आइसोलेसन अस्पताल बनाइएको छ । पाँचवटा प्रिफेप भवन निर्माण भएका छन् । कर्णाली प्रदेशका सांसद अम्मरबहादुर थापाको सांसद क्षेत्र विकास कार्यक्रमको बजेटबाट अस्पताल निर्माण गरिएको हो । 

झण्डै ७२ लाखको लागतमा अस्पताल निर्माण पूरा भएको सांसद थापाले बताए । आर्थीक वर्ष २०७६÷०७७ को बजेटबाट ५५ लाख रुपैयाँ भुक्तानी हुन्छ, सांसद थापाले भने,  'बाँकी रकम आगानी आर्थीक वर्ष २०७७/०७८ मा भुक्तानी हुनेछ ।'
अस्पतालमा कोरोना संक्रमितको उपचारका लागि आवश्यक तयारी पूरा भएको सांसद थापाले जनाए ।  आइसोलेसनका लागि आवश्यक अक्सिजनलगायतका अरु उपकरण भने व्यवस्थापन हुन बाँकी छन् । 

अस्पताल निर्माणका लागि जेसीका एण्ड अभियान कन्ट्रक्सन प्राली दैलेखले जिम्मा पाएको थियो । प्रिफेप भवन निर्माणका लागि लकडाउनमै काठमाडौं र चितवनबाट सामग्री ल्याउनुपर्ने भएकाले ढुवानीमा समस्या झेल्नुपरेको कन्ट्रक्सनका सञ्चालन प्रकाश बुढाले बताए । जनशक्ति अभावकै बीचमा तीन हप्तामै अस्पताल निर्माण सकिएको बुढाले बताए । 

आइसोलेसनमा अहिले नारायण नगरपालिकाका पाँचजना कोरोना संक्रमित उपचाररत छन् ।  आइसोलेसनमा चिकित्सकसहितको टोली परिचालन गरिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका डा. निरञ्जन पन्तले बताए । बिहीबारसम्म दैलेखमा कोरोना संक्रमितको संख्या आठ सय ४ पुगेको छ।  ती मध्ये ७ सय ६७ जना डिस्चार्ज भइसकेका छन् । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.