आँबुखैरेनी गोरखा सडक अवरुद्ध, बारपाकका ४९ घर बिस्थापित

आँबुखैरेनी गोरखा सडक अवरुद्ध, बारपाकका ४९ घर बिस्थापित

गोरखा : तीन दिनदेखिको अविरल वर्षाका कारण आँबुखैरेनी गोरखा सडक अवरुद्ध भएको छ। बिभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका एसपी सुरेन्द्र गुरुङले जानकारी दिए।‘एघारकिलोको सेण्टजोसेफ स्कुल गेटनेर खोल्सामा सडक भासिएको छ’ उनले भने, ‘खोल्साको बाढीले ११ किलो बजारका दुई वटा घर जोखिम भएको छ। खोल्सामा ह्युमपाइप राखेर बाटो खुलाउने प्रयास भइरहेको छ।’

आठकिलोमा पनि पहिरोले सडक अवरोध गरेको र खुलाउने प्रयत्न भइरहेको प्रहरीले जनाएको छ। त्यस्तै तीन दिनदेखिको अबिरल वर्षाले बारपाक सुलीकोटका गाउँपालिकाका बिभिन्न ठाउँका ४९ घरका बासिन्दा विस्थापित भएका छन्। धेरै ग्रामीण सडक अवरुद्ध भएका छन्। लघु जलविद्युतका कुलोहरु पुरिएका कारण विद्युत गाउँबस्तीमा विद्युत तथा सञ्चार सेवा पनि अवरुद्ध भएको गाउँपालिकाका प्रमुख विष्णु भट्टले जानकारी दिए।

वडा नम्बर १ को तसरागाउँका १० घर यसअघिदेखि नै विस्थापित भएका अध्यक्ष भट्टले बताए। त्यस्तै वडा नं ३ को चिसापानी आशाभित्ताका तीन घर बिस्थापित भएका छन्। वडा नं ४ को नालपाङका दुईघर, जेडाँडाका एक घर र सौरपानी भञ्ज्याङका दुई घर बिस्थापित भएका अध्यक्ष भट्टले जानकारी दिए।

त्यस्तै वडा नं. ५ का डुम्रीस्वाँरा, ढकालगाउँ र थालेका तीनघरका बासिन्दा पनि बिस्थापित भएका छन्। वडा न. ६ मसारका छ घरबा बासिन्दा बिस्थापित भएका छन्। त्यस्तै वडा नं. ७ ग्याजीका तीन घर, डुम्रे, धारापानी, पारिगाउँ र बालुवाका चार घरका बासिन्दा पनि बिस्थापित भएका उनले बताए। वडा नं. ८ तीनखण्डेका सात घर, जराङ र भुजेल गाउँका छ घर र दलितगाउँका दुई घर पनि बिस्थापित भएका अध्यक्ष भट्टले बताए।

गाउँपालिकाको केन्द्र रहेको ताकुकोट र सौरपानी जोड्ने सडकका अनगिन्ती ठाउँमा पहिरो गएका कारण आवतजावत बन्द रहेको छ। त्यस्तै चनौटेबाट गाउँपालिका जाने सडक पनि पनि अवरुद्ध छ। एघारकिलो बारपाक सडकको झ्याल्ला खण्डमा ठूलो पहिरो जाँदा बारपाक सडकमा पनि यातायात नचल्ने उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.