मध्यरातमा घर बगाउँदा परिवारै ‘सखाप’

मध्यरातमा घर बगाउँदा परिवारै ‘सखाप’

आगिन्चोक (धादिङ) : त्रिपुरासुन्दरी गाउँपालिका-६ आगिन्चोकस्थित देउराली काफलपानी गाउँका मिलन खाँड र उनको परिवार सोमबार बेलुकासँगै खाना खाएर सुतेका थिए। संगै खाना खाएका मिलनका बुवा कान्छाबहादुर खाँण पनि छोरा बुहारीसँगै खाना खाएर घर भन्दा १ सय मिटर परको गोठमा सुत्न गएका थिए।

भोलि बिहानको कामधामको सरसल्लाह गरेर गोठमा सुत्न गएका कान्छा बहादुरको छोरा बुहारी र नातिनातिनासंगको त्यही भेट नै पहिरोले अन्तिम बनाइदियो। मध्य रातमा घरमाथिबाट आएको पहिरोले उनको घरसहित छोरा बुहारी र नातिनीलाई बगादियो।

भूकम्पको राहतमा अलिअलि थपथाप गरेर कान्छा बहादुले बलियो ठाउँ छानेर घर बनाएका थिए। तर पनि दुई दिनदेखिको अविरल वर्षापछि आएको पहिरोको एकै झड्काले घरको निशाना नै मेटाइदियो। त्यत्तिमात्र होइन कान्छाबहादुरको वंश नै विनाश गरिदियो। भूकम्प पछि बनाएको राहतको घरमा छोराबुहारी बस्ने गरेका थिए भने कान्छा बहादुर खाना खाएर सधै गोठमै गएर सुत्ने गरेका थिए। 

अविरल वर्षापछि पहिरोले आफ्नै घर बगाउला भन्ने कान्छा बहादुरलाई अलिकति पनि लागेको भए सायद छोरा, बुहारी र नातिनिलाई पनि गोठमै लैैजान्थे होला। तर अफसोच सोच्दै नसोचेको पहिरो खसेर कान्छा बहादुरले छोरा बुहारी र अवोध नातिनी गुमाए। स्थानीय उद्धारकर्ता राजन बुर्लाकोटीले भने, ‘सधै गोठमा सुत्न जाने गरेकोले उहाँ जोगिनुभयो तर आफ्नो परिवार भने सबै गुमाउनुभयो।’

छोरा बुहारीको परिवार नै सखाप भएपछि कान्छाबहादुर विक्षिप्त छन्। आफन्त र छरछिमेकीले सान्त्वना दिइरहे पनि अघिल्लो साँझ संगै काखमा राखेर खाना खाएकी नातिनी  र छोरा बुहारी सम्झेर कान्छाबहादुर बेहोसी जस्ता भएका छन्। 

पहिरोमा परेर मृत्यु हुनेहरुमा २५ वर्षीय मिलन खाँण, २२ वर्षीय श्रीमती सम्झना खाँण र उनीहरुको दुई वर्षीया छोरी अन्जिता खाँण रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए।

आइबार साँझदेखि परेको पानीका कारण घर भन्दा ४० मिटरमाथीबाट खसेको पहिरोले घर बगाउँदा उनीहरुको मृत्यु भएको हो। राति अन्दाजी ३ बजेको समयमा पहिरो खसेर घर बगाएको छिमेकीले बताएका छन्। 

पहिरोका कारण सँगै रहेका अन्य सात घर जोखिममा रहेकाले उनीहरुलाई तत्कालको लागि स्थानीय मन्दिरको पार्टीमा सारिएको वडा अध्यक्ष लेखबहादुर अधिकारीले जानकारी दिए। मृतकहरुको शव सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा पोष्टमार्टम पछि आफन्तलाई जिम्मा लगाइएको छ।

सोमबार मात्रै गजुरी गाउँपालिकाकी १७ वर्षीया निरुता परियारको पहिरोमा मृत्यु भएको थियो। पहिरो झर्न थालेपछि सबै भागाभाग गरिरहे पनि घर भित्रको सामान निकाल्न जाँदा घरसहित परियारलाई पहिरोले पुरेको थियो। करिब तीन घण्टापछि परियारको शव निकालिएको थियो।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.