सञ्चार उद्यमी धिताल हत्याको १० वर्ष : अनुसन्धान कता हरायो ?
दाङ : सञ्चार उद्यमी देविप्रसाद धिताल हेमराजको हत्या भएको १० वर्ष पूरा भएको छ । १० बर्ष पुग्दा समेत अनुसन्धानले भने सार्थकता पाउन सकेका छैन । १० वर्षसम्म पनि नत हत्यारा फेला परेका छन, नत अनुसन्धान नै पूर्ण भएको छ । प्रहरीले कुनै तथ्य सार्वजनिक गर्न सकेको छैन।
राप्ती सञ्चार सेवा तथा रेडियो तुलसीपुर दाङका तत्कालिन अध्यक्ष धितालको २०६७ सात साउन ६ गते दाङको तुलसीपुर उपमहानगरपालिका–१२ उरहरीमा गोली हानी हत्या गरिएको थियो । हत्यापछि केहि दिनमै अनुसन्न्धान सकिएको भनेर सार्वजनिक गरेको प्रहरीले अहिलेसम्म पनि फाइल अनुसन्धानमै राखेको बताइरहेको छ ।
अनुसन्धानलाई सार्वजनिक गर्न सकेको छैन । दाङका प्रतिष्ठित व्यवसायी र सञ्चार उद्यमीको रुपमा रहेका धितालको तत्कालिन अवस्थामा फुलबारी गाविसबाट काम सकेर तुलसीपुर घरतर्फ फर्कदै गर्दा उरहरी ६ हेमनगरमा अज्ञात समूहको गोली प्रहारबाट हत्या भएको थियो ।
धितालको हत्या भएलगतै नेपाल प्रहरीको जिल्ला तथा केन्द्रले छुटाछुटै समिति बनाएर अनुसन्धान थालेको थियो । अनुसन्धानकै क्रममा केहि तथ्य फेला परेको भन्दै केहि व्यक्तीलाई नियन्त्रणमा लिएको भए पनि अहिलेसम्म घटनाको यथार्थता बाहिर आउन सकेको छैन । त्यसपछि जिल्लामा भएका केही घटनामा भने प्रहरीको अनुसन्धान सफल देखिएको भए पनि सञ्चार उद्यमी धिताल हत्या बारेमा भने प्रहरी अनुसन्धानमा मात्रै सिमित देखिएको छ।
जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत तत्कालिन डिएसपी लक्ष्मण गिरीको संयोजकत्वमा गठन भएको अनुसन्धान समितिले १८ पेजको प्रतिवेदन समेत जिल्ला प्रहरीलाई बुझाएको थियो । अनुसन्धान समितिले प्रतिवेदन बुझाएको भए पनि प्रहरीले त्यो प्रतिवेदन अहिलेसम्म सार्वजनिक गर्न सकेको छैन।
त्यसपछि धिताल हत्याका सम्बन्धमा २०६७ सालमा तत्कालीन एआईजी किरण गौतम नेतृत्वको अनुसन्धान टोली लगायत अनुसन्धानमा खटिएका सुरक्षाकर्मीको समूहले ९८ प्रशित सफलता हासील गरिसकेको दावी गरेको थियो । २ प्रतिशत सार्वजनिक गर्न बाँकी रहेको बताएपनि उनको १० वर्षसम्म प्रहरीले अनुसन्धानको टुङगो लगाउन सकेको छ्रैन ।
दाङ प्रहरीका प्रमुख गणेश चन्देले धिताल हत्याको विषयमा प्रहरी निरन्तर अनुसन्धानमा रहेको बताए । उनले केन्द्रीय अनुसन्धान ब्यूरो सिआइवीले फाइल र मिसिल अध्ययन, अनुसन्धान गरिरहेको हुँदा जिल्ला क्रियाशील नभएको बताए । अध्ययन अनुसन्धानको प्रगति ढिलो चाडो सार्वजनिक हुने जिकिर गरे । तर इलाका प्रहरी कार्यालय तुलसीपुरले भने यो केसमा गहन अधययन गरिरहेको जानकारी दिए।
सञ्चार उद्यमी धिताल हत्यामा संलग्नहरु ढिलो चाडो कानुनी दायरामा आउने विश्वास व्यक्त गरे । विभिन्न समयमा अनुसन्धान समिति नै गठन गरेर अनुसन्धान थालिएको छ, उनले भने, निष्कर्षमा पुगेका छैनाँै, निश्कर्षमा पुगे पछि सत्य तथ्य बाहिर आउँछ । अहिलेसम्म जिल्लामा आउने हरेक प्रहरी प्रमुखहरुले हत्याको फाइल अनुसन्धानमै रहेको भन्दै आएका छन । १० वर्षसम्म जिल्लाको नेतृत्व गर्ने प्रहरी प्रमुखले प्रतिवेदन समेत सार्वजनिक गर्न सकेका छैनन् । १० वर्षसम्म हत्याको वास्तविकता पत्ता नलाग्दा र दाषी सार्वजनिक नभएपछि परिवारमा समेत आक्रोश देखिएको छ ।
धितालकी पत्नी मञ्चु धितालले पतिको हत्यामा संलग्नहरुलाई सार्वजनिक गर्न र कानुनी कारवाही गरी परिवारलाई न्याय दिन आग्रह गरेकी छन् । धितालले प्रहरीको अनुसन्धान अहिलेसम्म सार्वजनिक नहुनुले पीडामा पीडा थपिएको दुखेसो पोखन् ि। धितालकी छोरी मनिषा धितालले बुवाको हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनलाई आग्रह गरिन।
रेडियो तुलसीपुरका महासचिव महेन्द्र लामिछानेले अध्यक्ष धितालको हत्याको सत्य तथ्य सार्वजनिक गरेर दोषीलाई कारवाही गर्न माग गरे । अको¥यापका बरिष्ठ उपाध्यक्ष तथा रेडियो तुलसीपुरमा स्टेशन म्यानेजर अर्जुन गिरीले सञ्चार उद्यमीको हत्या भएको १० वर्ष सम्म पनि सत्य तथ्य बाहिर आउन नसक्नु दुखत भएको भन्दै तत्काल दोषी पहिचान गरि कानुनी कारवाहीमा लैजान माग गरे।
दाङका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले हत्याको अनुसन्धान भइरहेको र अनुसन्धानको फाइल सिआइवीले हेरिरहेको खबर आफुले पाएको बताए
इलाका प्रहरीले थाल्यो अनुसन्धान
इलाका प्रहरी कार्यालय तुलसीपुरले सञ्चार उद्यमी देवीप्रसाद धिताल हेमराज हत्याको फाइलको अध्ययन, अनुसन्धान शुरु गरेको छ । इप्रका तुलसीपुरबा प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले धितालको गोली हानि हत्या गरेको सम्बन्धमा बिगतमा गरिएको अनुसन्धान र वश्लिेषणलाई अध्ययन गरिरहेको बताए।
धिताल हत्याको फाइललाई अध्ययन गर्न शुरु गरेको १५ दिन भयो, इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सिंहले भने ।
प्रतिक्रिया दिनुहोस !