६ दिनपछि खुल्यो म्याग्दीको बेनी-दरवाङ सडक

६ दिनपछि खुल्यो म्याग्दीको बेनी-दरवाङ सडक

बेनी : बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमानामा पर्ने फापरखेतमा पहिरोका कारण अवरुद्ध म्याग्दीको बेनी-दरवाङ सडक छ दिनपछि सूचारु भएको छ। गत शुक्रबार रातिको पहिरोले सडक बगाएपछि २४ किलोमिटर दुरिको पश्चिम म्याग्दीको धवलागिरी, मालिका र मंगला गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने सो सडकमा सिधा आवतजावत बन्द भएको थियो। 

प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका जनशक्ति तथा पुर्वाधार विकास कार्यालयमार्फत सञ्चालित बेनी-दरवाङ सडक आयोजना, तातोपानी-पखेर मोटरेबल पुल योजनाको ठेकेदार कम्पनीको डोजर परिचालन गरेर सडक खुलाइएको हो। पहिरो गएको ठाउँमा ग्यावीयन पर्खाल र नयाँ ट्रयाक खनेर सडक मर्मत गरेपछि बिहीबार बिहानदेखि सूचारु भएको डिएसपी किरनजंग कुँवरले बताए।

सडक अवरुद्ध हुँदा आवत जावत, निर्माण र खाद्यान्न सामग्री ढुवानीका साथै बिरामीलाई अस्पताल पुर्‍याउन समस्या भएको थियो। गत असार २५ गतेको पहिरोबाट अतिप्रभावित मालिका गाउँपालिकाको दरवाङ हुँदै बिम र धवलागिरीको मराङ जोड्ने सडक मर्मतको काम भइरहेको छ। दरवाङ-धारापानी-ताकम सडक मर्मत गरेर सूचारु गराइएको छ। 

पहिरोबाट अवरुद्ध सडक खुलाउन जिल्ला समन्वय समितिले मालिका र धवलागिरी गाउपालिकालाई पहिलो चरणमा तीस÷तीस लाख रुपैयाँ उपलब्ध गराएको जिसस प्रमुख देवेन्द्र केसीले बताए।  

पहिरो पिडितको राहत र ब्यवस्थापनका लागि सडक खुलाउन प्राथमिकता दिएको प्रमुख जिल्ला अधिकारी ज्ञाननाथ ढकालले बताए। सडक अवरुद्ध हुँदा हेलिकोप्टर मार्फत पहिरो प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानी गरिएको छ। पहिरोका कारण मराङ, बिम, ठाडाखानीमा २८ जनाको ज्यान गएको छ। तीन जना वेपत्ता छन्। करिब एक हजार जनसंख्या विस्थापित भएका छन्। 

यसैगरी म्याग्दीलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-मालढुङ्गा सडक लामाखेत, केराबारी र नयाँपुलमा पहिरो खसेपछि अवरुद्ध भएको छ। पहिरोले पुल र सडक बगाएकाले बेनी-जोमसोम सडक पनि असार २५ गतेदेखि अवरुद्ध छ। 

यसैबीच बेनी नगरपालिका-१ रत्नेचौरको अर्जममा खनिएको सडकबाट खसेको पहिरोका कारण डाडाबारीमा एक घर विस्थापित भएका छन्। धनबहादुर नेपालीको परिवारका आठ जनालाई सुरक्षित ठाउँमा सारिएको वडा सदस्य ताराप्रसाद श्रेष्ठले बताए। 

सडक डिभिजन कार्यालय बागलुङबाट सञ्चालित रत्नेचौर-भकुण्डे-भकिम्ली सडक आयोजनाका ठेकेदारले जथाभावी डोजर चलाएर पहाड भत्काएकाले अर्जमको रामचन्द्र माविको भवन समेत जोखिममा परेको उनले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.