वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु, ५० हजारको परीक्षण गरिने

वीरगन्जमा कोरोनाको मास टेस्टिङ सुरु, ५० हजारको परीक्षण गरिने

वीरगन्ज : सुमदायमा कोरोना संक्रमण फैलिएको आशंकापछि वीरगन्जमा आइतबारदेखि कोरोनाको मास टेस्टिङ (समुदायस्तरमै परीक्षण) सुरु गरिएको छ ।

साउन महिना सुरु भएपछि नयाँ संक्रमितको संख्या बढ्नुका साथै आइसोलेशनमा संक्रमितको मृत्यु समेत हुन थालेपछि वीरगन्जमा समुदायस्तरमै कोरोना संक्रमण फैलिएको आशंका विज्ञहरुको छ ।

सोही अनुरुप गत शुक्रबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले वीरगन्ज महानगर क्षेत्रमा परीक्षणको दायरा बढाएर मास्ट टेस्टिङ सुरु गर्ने निर्णय गरेको थियो । पछिल्लो समय वीरगन्जमा लक्षण सहितका संक्रमितको संख्या बढ्दै गएको, केही संक्रमितको मृत्यु समेत भएको र अस्पतालमा भर्ना रहेका संक्रमितको अवस्था जटिल रहेकाले वीरगन्जमा शनिबारदेखि निषेधाज्ञा जारी गरी आइतबारदेखि मास टेस्टिङ सुरु गरिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले बताए । यसका लागि वीरगन्ज महानगरपालिका र जिल्ला प्रशासन कार्यालयले छुट्टा छुट्टै स्वाब संकलन केन्द्र स्थापना गरी आइतबारदेखि स्वाब संकलन सुरु गरेका छन् ।

५० हजारको पीसीआर जाँच गरिने

वीरगन्ज महानगरपालिकाले भने ५० हजार जनाको परीक्षण गर्ने लक्ष्यसहित एक घर एक पीसीआर परीक्षण अभियान सञ्चालन गरेको छ । नगर प्रमुख विजय सरावगीका अनुसार वीरगन्ज महानगरपालिकामा करिब ४० हजार घरधुरी छन् ।

यसवाहेक पेशा व्यवसायका लागि बाहिरबाट आएर बसेका करिब १० हजारको पनि परीक्षण गरिने बताइएको छ । मेयर सरावगीले अभियानको पहिलो दिन आइतबारको परीक्षण सकिएपछि थप छलफलमा बसेर नयाँ रणनीति बनाएर अघि बढ्ने जानकारी दिए ।

जिल्ला प्रशासनको छुट्टै मास टेस्टिङ

जिल्ला प्रशासन कार्यालयले पनि वीरगन्ज महानगरमै आइतबारदेखि छुट्टै मास टेस्टिङ सुरु गरेको छ । जिल्ला स्वास्थ्य कार्यालय पर्साको समन्वयमा जिल्ला प्रशासन कार्यालयले मास टेस्टिङ सुरु गरेको हो ।

आइतबार पहिलो दिन वीरगन्जको मीना बजार र राधेमाइ टोलमा गरी २ सय ५९ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए ।

आइतबार मीनाबजारमा स्वाब संकलन केन्द्र स्थापना गरी त्यहाँका व्यापारी, तरकारी तथा फलफूल पसले र मृतक संक्रमितका परिवारका सदस्य र छिमेकी गरी १ सय ९ जनाको स्वाब संकलन गरिएको ठाकुरले जानकारी दिए । यस्तै संक्रमणको जोखीममा रहेको राधेमाइ टोलमा आइतबार नै  १ सय ५० जनाको स्वाब संकलन गरिएको उनले बताए ।

साउन पहिलो सातादेखि वीरगन्जमा संक्रमितको संख्या दिनहुँ थपिँदै गएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार पर्सामा संक्रमितको संख्या २ सय ४३ पुगेको छ । वीरगन्जको गण्डकस्थित कोभिड अस्पतालको ५० बेडको आइसोलेशनमा अहिले ५४ जना संक्रमित उपचाररत छन् । पर्साको वीरगन्जस्थित कोभिड अस्पतालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ८ जनाको मृत्यु भइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.