कोरोना अपडेट : वीरगन्जमा बढ्यो संक्रमण, थप एक संक्रमितको मृत्यु

कोरोना अपडेट : वीरगन्जमा बढ्यो संक्रमण, थप एक संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जको कोभिड अस्पतालमा आइतबार बिहान मृत्यु भएका बृद्धको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको छ ।

आरडिटी रिपोर्ट पोजिटिभ देखिएका मृतक बृद्धको पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ड (मेसु) डा. मदन उपाध्यायले पुष्टि गरेका हुन् ।
नारायणी अस्पतालको प्रयोगशालबाट आइतबार साँझ प्राप्त रिपोर्टमा मृतक बृद्धमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।

वीरगन्ज १० आदर्शनगरका व्यापारी रहेका ६५ वर्षीयको कोभिड अस्पतालको आइसोलेशनमा उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे मृत्यु भएको थियो । यसअघि वीरगन्ज हेल्थ केयर अस्पतालमा गरिएको आरडिटी परीक्षणमा उनको एन्टीबडी रिपोर्ट पनि पोजिटिभ आएको थियो ।

पहिलेदेखि नै मुटु र मधुमेहको रोगी रहेका बृद्धलाई स्वास्थ्यमा समस्या भएपछि शनिबार दिउँसो नारायणी अस्पतालमा उपचारका लागि लगिएको थियो । अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका उनमा कोरोनाको शंका लागेर स्वाब संकलन गरी नारायणीकै प्रयोगशालामा पठाइएको थियो ।

त्यसपछि उनलाई आइतबार नै  वीरगन्जको हेल्थ केयर हस्पिप्टलमा लगेर भर्ना गरिएको थियो । त्यहाँ उपचारका क्रममा उनको आरडिटी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ रिपोर्ट आएको थियो । स्वास्थ्य अस्वस्था जटिल बन्दै गएपछि बृद्धलाई शनिबार राति ८ बजे गण्डकस्थित कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो ।

राति ११ बजे तिर स्वास्थ्य अवस्था झन् जटिल बन्दै गएपछि उनलाई कोभिड अस्पतालकै भेन्टिलेटरमा राखिएको र उपचारका क्रममा आइतबार बिहान साढे ६ बजे तिर उनको मृत्यु भएको कोभिड अस्पतालका डा. उदयनारायण सिंहले जानकारी दिए । मृतकको पीसीआर रिपोर्ट आइनसकेकाले शव अस्पतालमै आइशोलेट गरेर राखिएकोमा आइतबार साँझ पीसीआर रिपोर्ट पनि पोजिटिभ आएको डा. सिंहले बताए  ।

वीरगन्जमा अहिलेसम्म ८ जनाको मृत्यु

यससँगै वीरगन्जको कोभिड अस्पतालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार वीरगन्जमा अहिलेसम्म मृत्यु भएका ८ संक्रमितमध्ये पर्साका ३, बाराका  ३ र रौतहटका १ जना थिए । वीरगन्जमा २ महिना पहिले वेवारिसे भेटिएका  एक संक्रमितको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन ।

वीरगन्जको कोभिड अस्पतालमा भर्ना रहेका ५४ मध्ये ४ जना संक्रमितको अवस्था जटिल रहेको अस्पतालका डा. सिंहले जानकारी दिए । वीरगन्जमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेपछि कर्फ्यू लगाउनुका साथै मास टेस्ट पनि गर्न थालिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.