त्रिवि उपकुलपति कार्यालयमा तीन वटा ताला

त्रिवि उपकुलपति कार्यालयमा तीन वटा ताला

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. धर्मकान्त बास्कोटाको काम गर्ने शैलिप्रति असन्तुष्ट तीनथरी समूहले ताला लगाएका छन्। बास्कोटासँगै शिक्षाध्यक्ष प्राध्यापक डा. शिवलाल भुषाल र रजिष्ट्रार पेशल दाहालको कार्यकक्षमा पनि ताला लागेको छ।

तीनवटै पदाधिकारीको कार्यकक्षमा यसअघि नेपाल विद्यार्थी संघ र प्रजातन्त्रवादी प्राध्यापक संघले ताला लगाएका थिए। आइतबार लोकतान्त्रिक प्राध्यापक संघले पनि ताला थपेका छन्। तीन समूहले फरक फरक ताला लगाएका कारण एकै कार्यालयमा तीन वटा ताला लागेको छ।

बास्कोटासहितका नेतृत्वले त्रिविका विभिन्न संकायमा डिन तथा सहायक डिन नियुक्ति गर्दा मनपरी गरेको, क्याम्पस प्रमुख नियुक्त गर्दा पनि दलीय आस्थाको आधारमा वरिष्ठलाई पाखा लगाएर कनिष्ठलाई काँखी च्यापेको तथा त्रिवि सुधारका लागि विगतमा गरेको प्रतिवद्धता पूरा गर्नेतर्फ चासो नदिएको असन्तुष्ट समूहले आरोप लगाएका छन्। असन्तुष्ट समूहले त्रिवि प्रशासन समक्ष ३३ प्रकारका माग राखेका छन्।

आफूहरुको माग पूरा गर्ने सम्बन्धमा पटक पटक अल्टिमेटम दिए पनि चासो नदिएको र त्रिविलाई एकलौटी रुपमा सञ्चालन गर्न खोजेको आरोप पनि उनीहरुको छ।

तीन वटा पदाधिकारीको कार्यकक्षको मुल ढोकामा ताला लगाए पनि त्यसभित्र डेढ दर्जनभन्दा बढी कार्यालय रहेका छन्। तालाबन्दीका कारण सबै कार्यालयको काम ठप्प छ। कार्यालयमा ताला लगेपछि कर्मचारीले पनि काम गर्न पाएका छैनन्। तालाबन्दी गर्ने समूहसँग पटक पटक वार्ता भए पनि सहमति नभएको त्रिविले जनाएको छ। असन्तुष्ट समूहले त्रिवि अन्तर्गका निकायमा नियुक्ति गर्दा आफ्ना समूहका व्यक्तिलाई पनि समावेश गर्न दबाव दिने उद्देश्यले ताला लगाएको त्रिविले दावि गरेको छ। त्रिविले भने जनसुकै आस्था बोकेका व्यक्ति भए पनि योग्य र क्षमतावानलाई मात्रै नियुक्त गरिने जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.