लुटपाटको आरोपमा चारजना पक्राउ

लुटपाटको आरोपमा चारजना पक्राउ

इटहरी : लुटपाटको आरोपमा इटहरीबाट चारजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रेका जितबहादुर ट्वाटी श्रेष्ठ, सुजन तामाङ भन्ने सनबहादुर लामा तामाङ, युबराज लामा र कमल लामा छन्। उनीहरुको साथबाट प्रहरीले १२ हजार ९ सय रुपैयाँसमेत बरामद गरेको छ। 

उनीहरुले गत साउन ९ गते धरानबाट इटहरी आउँदै गरेको बसमा सवार धरान ८ का ५७ वर्षीय व्यापारी डम्बरप्रसाद बास्तोलालाई लुटेका थिए। बाँस्तोलाले बोकेको ९७ हजार ६०० रुपैयाँ ६ जना भएर लुटेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ।

इटहरी आइपुगेर बसबाट झर्न लाग्दा उनीहरुले बाँस्तोलाले बोकेको पैसा खोसेर भागेका थिए। खबर पाउनासाथ खटिएको प्रहरीले कमल लामालाई तत्काल पक्राउ गरेको थियो। 

पक्राउ परेका चार जनालाई नै अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको कार्यालयले जानकारी दिएको छ। फरार दुई जनाको खोजी भइरहेको छ। प्रहरीका अनुसार कमल लामा र सनबहादुर तामाङमाथि यसअघि पनि काठमाडौंमा प्रहरीले डाका मुद्धा र अभद्र व्यवहार मुद्धा चलाइसकेको छ। उनीहरुले धरानमा बसी सुनसरी, मोरङ र झापालगायतका जिल्लाहरुमा लुटपाट, चोरी, पकेटमारी गरिरहेको समेत खुलेको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.