पहिरोले घर पुर्दा आमा, छोरीको मृत्यु
दाङ : अविरल वर्षपछि गएको पहिरोमा परी दाङमा दुई जनाको मृत्यु भएको छ ।बुधबार बिहान बंगलाचुली गाउँपालिका-५ साकिनेमा घरमाथिबाट पहिरो खसेर घर पुरिँदा राति दुई जनाको दाङ प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा साकिने निवासी २४ वर्षीया बाटुली नेपाली र उनका २ वर्षीया छोरी आयुष्मा नेपाली रहेको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार बिहान ३ बजेतिर घरमाथिबाट पहिरो खसेर घर पुरेको हो।
प्रतिक्रिया दिनुहोस !