वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्जमा दुई कोरोना संक्रमितको मृत्यु

वीरगन्ज : वीरगन्जमा बुधबार कोरोना संक्रमणका कारण थप २ जनाको मृत्यु भएको छ। वीरगन्जको गण्डकस्थित कोबिड अस्पतालमा १ जना र नेशनल मेडिकल कलेजमा १ जनाको बुधबार मृत्यु भएको हो। दुबै जना वीरगन्जका स्थानीय नै हुन्।

कोबिड अस्पतालको आइसोलेसनमा उपचाररत वीरगन्ज महानगरपालिका-५ रेशमकोठीका ६८ वर्षीय वृद्धको बुधबार बिहान पौने ११ बजे मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले पुष्टि गरेका हुन्। साउन ८ गते कोबिड अस्पतालको आइसियुमा भर्ना गरिएका उनको बुधबार बिहान मृत्यु भएको उपाध्यायले जानकारी दिए। मुटुका रोगी रहेका ती वृद्धलाई स्वास्थ्यमा समस्या भएपछि साउन ६ गते वीरगन्जको एडभान्स अस्पतालमा लगेर भर्ना गरिएको थियो। उपचारका क्रममा कोरोनाको आशंका भएपछि एडभान्स अस्पतालमै त्यहि दिन उनको स्वाब संकलन गरि पिसिआर परिक्षणका लागि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। प्रयोगशालाले साउन ७ गते दिएको रिपोर्टमा पोजेटिभ देखिएपछि उनमा कोरोना संक्रमण भएको पुष्टि भएको थियो। कोरोना संक्रमण पुष्टि भएपछि ८ गते बिहान ११ बजे उनलाइ कोबिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।

बुधबार नै वीरगन्जको नेशनल मेडिकल कलेजमा उपचाररत बीरगन्ज महानगरपालिका-६ माईस्थानका ७० वर्षीय वृद्धको पनि कोरोनाका कारण मृत्यु भएको छ। नेशनल मेडिकल कलेजमा उपचारका क्रममा बुधबार बिहान साढे २ बजे मृत्यु भएका ती वृद्धमा बुधबार साँझ मात्र कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए। उनका अनुसार एक हप्ता पहिले झाडापखाला लागेर वीरगन्ज हेल्थ केयर हस्पिटलमा उपचारका लागी पुगेका ती वृद्धलाई थप उपचारका लागि तराई हस्पिटलमा लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि ती वृद्धलाई वीरगन्जकै बयोधा अस्पतालमा उपचारको लागि लैजाँदा त्यहाँ पिसिआर रिपोर्ट मागिएकाले उनलाई मंगलबार नारायणी अस्पतालमा लगिएको थियो। तर स्वास्थ्य अवस्था जटिल भएको र नारायणी अस्पतालमा आइसियु सेवा ४ दिन पहिले देखि नै बन्द रहेका कारण उनको स्वाब संकलन मात्रै गरेर उनलाई मंगलबार बेलुकी नेशनल मेडिकल कलेजमा पठाइएको थियो।

नेशनलले भने ति सिकिस्त वृद्धलाई आइसियुमा नराखी आकस्मिक उपचार कक्षमै भर्ना गरेर उपचार गरेको र उपचारका क्रममा उनको बुधबार बिहान साढे २ बजे मृत्यु भएको मेसु उपाध्यायले जानकारी दिए। बिहान साढे २ बजे नै मृत्यु भएको भए पनि पिसिआर परिक्षणको रिपोर्ट बुधबार साँझ साढे ५ बजे मात्रै आएको र रिपोर्ट पोजिटिभ रहेको मेसु उपाध्यायले बताए। वीरगन्जमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ। साउन यता मात्रै ७ जनाको मृत्यु भएको हो।

पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतका अनुसार वीरगन्जमा अहिलेसम्म मृत्यु भएका १० संक्रमित मध्ये पर्साका ५, बाराका ३ र रौतहटका १ जना हुन्। वीरगन्जमा २ महिना पहिले बेवारिसे भेटिएका एक संक्रमित शवको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.