समुदायस्तरमा जाँच गर्न थालेपछि कोरोना संक्रमितको संख्या बढ्दै

समुदायस्तरमा जाँच गर्न थालेपछि कोरोना संक्रमितको संख्या बढ्दै

वीरगन्ज :  वीरगन्जमा समुदायस्तरमै कोरोना परिक्षण गर्न थालिएपछि संक्रमितको संख्या अप्रत्यासित रुपमा बढ्दै गएको छ। बुधबार मात्रै ५ जना स्वास्थ्यकर्मीसहित थप ५१ जनामा संक्रमण पुष्टि भएको छ। वीरगन्जमा समुदायस्तरमै संक्रमण फैलिएको आशंका भएपछि साउन १० देखि अनिश्चितकालीन निषेधाज्ञा लगाएर साउन १० देखि समुदाय स्तरमै कोरोना परिक्षण थालिएको छ।

नारायणी अस्पतालको प्रयोगशालाबाट बुधबार साँझ प्राप्त रिपोर्टमा १७ जना र बुधाबर नै बिहान प्राप्त रिपोर्टमा ३४ जनामा कोरोनो पोजिटिभ देखिएको अस्पतालका प्रमुख मेडिकल सुपरिडेन्टेन्ट (मेसु) डक्टर मदन उपाध्यायले जानकारी दिए। बुधबार साँझ संक्रमण पुष्टि भएका १७ जना मध्ये नारायणी अस्पतालका चार स्वास्थ्यकर्मी हुन्। नारायणी अस्पतालका १ जना डाक्टर , २ जना नर्स र १ जना अहेब गरि ४ जना स्वास्थ्यकर्मीमा संक्रमण भेटिएको मेसु उपाध्यायले जानकारी दिए।

यस्तै वीरगन्ज महानगरपालिका-२५ का ४ जना , वडा नम्बर १२ का ३ जना , वडा नम्बर ५ का २ जना , वडा  नम्बर ४ का १ जना , वडा नम्बर ३ का १ जना , पर्साकै छिपहरमाई गाउपालिका २ टिहुकीका १ जना र  नारायणी अस्पतालकै संक्रमति कर्मचारीकी १ जना छोरीमा पनि बुधबार साँझ संक्रमण पुष्टि भएको उपाध्यायले बताए।

यसअघि बुधबार बिहान पनि वीरगन्जकै प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी, कारगारका कैदी, चिकित्सकसहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। नारायणी अस्पतालका मेसु उपाध्यायका अनुसार साउन ८ देखि १२ गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गरिएका ३४ जनामा बुधबार बिहान संक्रमण पुष्टि भएको हो।

बुधबार बिहान संक्रमण पुष्टि हुनेमा १ जना  सेना, २ जना नेपाल प्रहरी, वीरगन्ज कारागारका ६ जना कैदी, कारगारमै कार्यरत २ जना कर्मचारी र नारायणी अस्पतालका १ जना डाक्टर हुन्।

यस्तै वीरगन्ज महानगरपालिका-१५ भिस्वाका ८ जना, वडा नम्बर १० का २ जना, वडा नम्बर २५ का ३ जना, वडा नम्बर ५ का ३ जना, वडा नम्बर ११, ३२, ९ र १२ का १/१ जना रहेका छन्। पर्सा जिल्लाको हरैयाकी ४० वर्षकी एक महिलामा पनि बुधबार बिहान संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए। बुधबार बिहान र साँझ गरि थप ५१ जनामा संक्रमण पुष्टि भएसँगै पर्सा जिल्लामा संक्रमितको संख्या ३२३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिए। ५० बेड क्षमताको वीरगन्जको कोबिड अस्पतालमा अहिलेसम्म ६१ जना संक्रमितले भरिएका कारण ९३ जना संक्रमितलाइ उनीहरुको घरमै राख्नुपर्ने अवस्था रहेको कोबिड अस्पतालका कोर्डिनेटर डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

वीरगन्जमा साउन १२ देखि समुदायस्तरमै पुगेर स्वाब संकलन गरि परिक्षण गर्न थालिएपछि संक्रमितको संख्या बढ्दै गएको अस्पतालका मेसु उपाध्यायले बताए। मङगलवार पनि २ जना चिकित्सकसहित १५ जनामा संक्रमण भेटिएको थियो। मास टेष्टिङ शुरु गरेर संकलन गरिएका स्वाबको रिपोर्ट मङगलवारदेखि आउन शुरु  गरेको जानकारी दिदै उपाध्यायले भने‘मास टेष्टिङ जारी छ, त्यसको रिजल्ट पनि आउन शुरु भइसकेको छ, त्यसैले संक्रमितको संख्या थपिदै गएको छ।' दुइ दिनमै ६६ जना संक्रमित थपिएको जानकारी उनले दिए।

आइतवारदेखि समुदायस्तरमै पुगेर शुरु गरिएको मास टेष्टिङ अन्तर्गत बुधबारसम्म ८ सय भन्दा बढि स्वाब संकलन गरिसकिएको मेसु उपाध्यायले जानकारी दिए। 
नारायणी अस्पतालको प्रयोगशालामा रहेका २ वटा पिसlआर मेसिनले स्वाब परिक्षण गरिरहेको जानकारी दिदै उनले भने ‘एक दिन (१२ घण्टा) मा करिब २ सय स्वाबको जाच भइरहेको छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.