डडेल्धुरामा जीप दुर्घटना, आठ घाइते, तीनजना गम्भीर
डडेल्धुरा : डडेल्धुरामा जीप दुर्घटना भएको छ । शनिबार मात्रै डडेल्धुरामा दुईवटा सडक दुर्घटना भएका थिए।आइतबार बिहान करिब १ बजेतिर जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।
धनगढीबाट बझाङतर्फ गइरहेको जीप अमरगढी नगरपालिका-७ रातामाटीमा दुर्घटना हुँदा आठजना घाइते भएका छन् । तीनजनाको अवस्था भने गम्भीर रहेको जनाइएको छ ।
धनगढी बाट बझाङतर्फ गइरहेको सुप प्रदेश ०१÷००१÷ज ११५५ नं.को टाटा सोमो जीप दुर्घटना भएको पोखरा प्रहरी चौकी ईञ्चार्ज सइ शेरबहादुर बढाऐरले बताए । लकडाउन खुलेसँगै सडक दुर्घटना बढेको छ । जिल्ला डडेल्धुरा अमरगढी न.पा. ७ पोखरा खानेपानी मोडस्थित भिमदत्त राजमार्गमा धनगढीबाट बझाङतर्फ जाँदै गरेको उक्त जीप अनियन्त्रित भइ रोडबाट अन्दाजी २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका डीएसपी दधीराम न्यौपानेले जानकारी दिए ।
जीपमा चालकसहित ८ जना सवार रहेका प्रहरीले जनाए । तीनजनाको अवस्था गम्भीर रहेको डडेल्धुरा अस्पतालले जनाएको छ ।अन्दाजी १२ वर्षीय दुई बालक र एक युवक गरी तीनजनाको अवस्था गम्भीर भएको प्रहरीको भनाइ छ । घाइतेको डडल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
चालकका अनुसार हेन्डलले काम गर्न छोडेपछि दुर्घटना भएको हो । यसअघि शनिबार बिहानै हाइस दुर्घटना हुँदा १७ जना घाइते भएका थिए । भीमदत्त राजमार्ग अन्र्तगत डडेल्धुराको आलिताल गाउँपालिका-१ घण्टेश्वर मन्दिर नजिक हाइस दुर्घटना भएको थियो ।
भारतबाट फर्किएकालाई बझाङतर्फ लैजाँदै गरेको सुप प्रदैश ०१००१-ख २३२३ नं.को हाइस दुर्घटनामा परेको थियो । उक्त गाडि शनिबार बिहान करिब ३ बजेतिर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको थियो ।
प्रतिक्रिया दिनुहोस !