धरानमा थप १२ जनामा कोरोना भाइरस संक्रमण

धरानमा थप १२ जनामा कोरोना भाइरस संक्रमण

धरान : सुनसरीको धरान उपमहानगरपालिकामा असावधानीले कोरोना संक्रमण समुदायस्तरमा फैलिएको छ। धरानको तीनकुनेस्थित प्रिति भल्भ एण्ड फिटिङस इण्डष्ट्रिज प्रालीको असावधानीले गर्दा धरानमा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको हो। 

सुरुमा धरान प्रिति भल्भमा काम गर्ने धरान १३ का २८ वर्षीय युवामा कोराना देखिएको थियो।  कर्मचारीलाई कोराना देखिदा समेत संचालक अशोक अग्रवालले निर्वादरुपमा उद्योग संचालन गरिरहे। त्यसपछि दोस्रो पटक उद्योगमै काम गर्ने पाँचजना संक्रमित थपिए। उद्योगमा काम गर्नेहरुको कन्ट्रयाक ट्रेसिङको आधारमा बिहीबार थप १२ जनामा कोरोना संक्रमण देखिएको छ।

जसमध्ये ६ जना प्रिति भल्भसँगै सम्बधित छन्।प्रिति भल्भबाटै फैलिएको कोरानाले धरान ३ का एकै परिवारका पाँच जनामा कोरोना देखिएको धरान उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले बताए। 

उनले प्रिति भल्भसँग सम्बन्धित १४ जनामा संक्रमण देखिएको जानकारी दिए। धरानमा मात्र संक्रमितको संख्या ४१ पुगेको छ। संक्रमित सबै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा भर्ना भएका छन्। 
उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ। 

तर धरानमा समुदायतस्तरमा कोराना फैलाउने उद्योग संचालक अग्रवाललाई भने कुनै कारवाही गरेको छैन्। राष्ट्रिय युवा संगठन धरानका उपाध्यक्ष कुमार भारतीले धरानमा कोरोना संक्रमण फैलाउने उद्योग संचालकलाई कडा कारबाही गर्नुपर्ने माग गरेका छन्। 

उनले प्रिति भल्भमा कार्यरत कामदार धरान १५ मा अझै पनि खुलेआम हिँडेकाले संक्रमणको झन जोखिम बढेको भन्दै उनीहरुलाई तत्काल क्वारेन्टाइनमा राखी पीसीआर चेक गर्न माग गरेका छन्।

प्रति भल्भमा कोरोना फैलिएपछि पटकपटक अन्नपूर्ण पोष्ट डट कमले सिल गर्नुपर्ने उद्योग निर्वाद रुपमा भन्ने शीर्षकमा समाचार समेत प्रकाशित गरेको थियो। तर, उद्योग सिल गर्न स्थानीय प्रशासनले चासो देखाएको थिएन।

संक्रमण फैलिएको हप्तादिनपछि मात्र उद्योग सिल गरिए पनि कोराना समुदायमा फैलिएको राप्रपा धरानका अध्यक्ष नविन पराजुलीले बताए।' सुरुमा उद्योगले साबधानी अपनाइ दिएको भए धरानमा यस्तो जटिल समस्या आउने थिएन, उनले भने। 

सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणि पोखरेलले पनि प्रिति भल्भले सावधानी नअपनाइ लापरवाही गरेकाले धरानमा कोरोना फैलिएको बताउँदै संक्रमण फैलाउने उद्योग संचालकलाई कारवाही गर्न धरान प्रहरीलाई निर्देशन दिइसकेको जानकारी दिएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.