वीरगन्जमा कोरोनाले थप दुईको मृत्यु

वीरगन्जमा कोरोनाले थप दुईको मृत्यु

वीरगन्ज : वीरगन्जमा बिहीबार थप २ जनाको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले मृत्यु भएको छ।

वीरगन्जको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान मृत्यु भएका वीरगन्ज १० आदर्शनगरका ५७ वर्षीय पुरुषमा बिहीबार साँझ संक्रमण पुष्टि भएको हो। 

बिहीबार बिहान ८ बजे मृत्यु भएका ती पुरुषको स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा परीक्षण गर्दा बिहीबार साँझ पीसीआर रिपोर्ट पोजिटिभ आएको अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

मुटुरोगी ती पुरुषमा निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि गत मङगलबार दिउँसो कोभिड अस्पतालमा भर्ना गरिएको थियो। 

उपचारकै क्रममा बुधबार राति करिब १० बजेपछि स्वास्थ्य झन् बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो । उनको बिहीबार बिहान साढे ८ बजे मृत्यु भएको कोभिड अस्पतालका डाक्टर उदय नारायण सिंहले जानकारी दिए।

यस्तै गत साउन २० गते राति आफनै घरमा मृत्यु भएका वीरगन्ज ११ मुर्लीका ८० वर्षीय वृद्धमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। नारायणी अस्पतालको प्रयोगशालाबाट बिहीबार साँझ प्राप्त रिपोर्टमा ती वृद्धको पनि पीसीआर रिपोर्ट पाजिटिभ रहेको मेसु उपाध्यायले बताए। 

मूर्लीस्थित आफनै घरमा साउन २० गते राति मृत्यु भएका वृद्धको कोरोना परीक्षणका लागि बुधबार बिहान स्वाब संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठाइ थियो।
  
योसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ। साउनमा मात्रै पर्सामा १५ जनाको मृत्यु भएको छ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.