धरानमा थप ९ जनामा कोरोना संक्रमण

धरानमा थप ९ जनामा कोरोना संक्रमण

धरान : धरान उपमहानगरपालीकामा थप ९ जनामा कोरोना भाइरस संक्रमण देखा परेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ९ जनामा संक्रमण देखिएको हो।

नयाँ संक्रमितमध्ये चार भारतीय सेनामा कार्यरत पुरुष, २ जना दुर्वबाट आएका पुरुष र धरान १० का दुई महिला र धरान १९ का एक पुरुषमा कोरोना भाइरसको संक्रमण देखा परेको धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताले जानकारी दिए।

दुबईबाट आएर क्वारेन्टाइनमा बसेर पहिलो पटक पीसीआर रिपोर्ट नेगेटिभ आएर घर गएका उनीहरुको दोस्रो पीसीआर रिपोर्ट सोमबार पोजिटिभ आएको मेहताले बताए । 

धरानमा संक्रमितको संख्या दैनिक वृद्धि हुँदा अस्पतालमा बेड अभाव भएको छ। वीपी प्रतिष्ठानमा एकसय बेडको कोभिड अस्पतालको बेड भरिएपछि अन्य संक्रमितको उपचारमा समस्यामा भएको छ।

सोमबार थपिएका संक्रमितलाई अस्पतालमा बेड अभाव भएपछि घरमै आइसोलेसनमा बस्नु भनिएको स्वास्थ्य शाखा प्रमुख मेहताले बताए ।  धरानमा मात्र कोरोना संक्रमितको संख्या ५५ पुगेको छ । दैनिक संक्रमितको संख्या वृद्धि हुन थालेपछि झन जोखिम बढेको धरान उपमहानगरपालीकाका मेयर तिलक राईले बताए ।

उनले वीपी प्रतिष्ठानमा कोभिड अस्पताल स्थापना गरिएको भएपनि प्रतिष्ठानका पदाधिकारीले कोभिड अस्पतालको राम्रो व्यवस्थापन गर्न नसकेको कारण संक्रमितलाई घरमै राखेर उपचार गर्नु परेको बताए । 

उनले प्रतिष्ठानका उपकुलपती प्राडा. ज्ञानेन्द्र गिरी कार्यालयमा नबसेर काठमाडौं बस्ने गरेकाले कोरोना संक्रमितले सहज रुपमा उपचार पाउन नसकेको मेयर राईको आरोप छ ।

प्रतिष्ठानको व्यवस्थापन बारे बुझ्न पटक-पटक फोन सम्पर्क गर्दा डा. गिरीले भने फोन उठाएनन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले कोभिड अस्पतालको सय बेड प्याक भएका कारण नयाँ संक्रमितलाई भर्ना गर्न नसकिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.