बगर बन्यो मार्सी फाँट

बगर बन्यो मार्सी फाँट

सुर्खेत : जुम्लामा मार्सी धान रोपेका खेतका फाँटहरु बगरमा परिणत भएका छन् । तिला कर्णाली नदीको बहाव बढेसँगै ठाउँठाउँमा गएको बाढीले जुम्लाका दर्जनौ मार्सी फाँट बगरमा परिणत भएका हुन् । 

बाढीले जुम्लाका तीन स्थानीय तह चन्दननाथ नगरपालिका, तातोपानी र तिला गाउँपालिकामा खेती गरिएको हजार रोपनी मार्सी फाँट डुबानमा परेका छन् ।  नदी बग्ने क्षेत्र चन्दननाथ नगरपालिकाको खल्लाचौर ज्युलोदेखि कुडारी त्रिवेणी जिउलोसम्मका हजारौं रोपानी मार्सी रोपेका खेत बालुवा र ढुंगाले भरिएका छन् । 

जेठमा रोपेको मार्सी कार्तिकमा पाक्छ । गोडमेल गरेर फल लाग्ने बेलाको मार्सी धान बाढीले नष्ट गरेपछि कृषक चिन्तित भएका छन् । मार्सी रोपेका खेतभरी बालुवा भरिएपछि यस वर्ष धान उत्पादन घट्ने भएको हो । 

कतिपय कृषकका सबै खेत डुबानमा परेका छन् । उनीहरु राहतको पर्खाइमा छन् । डुबान पर्नेमा तिला गाउँपालिकाको त्रिबेणी जिउलोका ५० रोपनी, लुम्सेरा जिउलोका ५०, तातोपानी गाउँपालिका १ मा पर्ने चारवटा जिउलोका दुईसय ५०, तातोपानीकै लाछूँ जिउलोका तीनसय, ताँ जिउलोका ६०, टापुका ३०, बाबिराका २० र हाँकु तलिजिउलोका २० रोपनी खेत डुबानमा परेका हुन् । 

यस्तै चन्दननाथ नगरपालिकाको उम्मगाड जिउलोका ४०, श्रीढुस्का जिउलोका ५० र रानी जिउलोका करिब ७० रोपनी खेत डुबानमा पर्दा मार्सी धान नष्ट भएको कृषकको भनाइ छ । 

स्थानीय कृषक धन बुढाका अनुसार बाढीले मार्सी धानबाली नष्ट भएका कृषकका परिवारमा भोकमारी हुनसक्ने अनुमान छ । तातोपानी-३ का वडाध्यक्ष डिल्ली रावलले बर्सेनि नदी कटान क्षेत्रमा तटबन्ध निर्माण गर्दागर्दै पनि खेतीयोग्य जमिन कटान तथा डुबानमा पर्ने समस्या नरोकिएको बताए । 

डुबानमा परेका खेतमा मार्सी धान उत्पादनमा गिरावट आउने भएकाले पीडित किसानलाई राहतका लागि  पहल गरिने उनको भनाइ छ । किसान लोकबहादुर दमाईले भने, 'नत बालुवा निकालेर अन्य बाली लगाउने स्थीति छ । नत डुबानमा परेका खेतमा मार्सी नै उत्पादन हुने देखिन्छ ।'

यता जिल्ला कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले किसानलाई नआत्तिन आग्रह गरेका छन् । 'डुबानमा परेका सबै खेतमा मार्सी उत्पादन नहुने भन्ने छैन । स्थीति हेर्नुपर्छ । के कति क्षति भएको छ, उनले भने, 'हामी अवस्था बुझेर किसानलाई जानकारी गराउँछौ ।'

उनका अनुसार कृषि विज्ञसहितको टोलीले डुबानमा परेका मार्सी फाँटको अनुगमन गरेर समस्या समाधानका लागि पहल गर्नेछ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.