कोरोनाबाट जनकपुरका पूर्वमेयर गिरीको मृत्यु

कोरोनाबाट जनकपुरका पूर्वमेयर गिरीको मृत्यु

जनकपुरधाम : जनकपुरधामका पूर्वमेयर कृष्ण गिरीको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ। ७३ वर्षीय गिरीको उपचारको क्रममा मंगलबार राति काठमाडौंको नेपाल मेडिसिटी अस्पतालमा मृत्यु भएको हो। 

१५ दिनअघि कोरोनाभाइरस संक्रमण पुष्टि भएपछि थप उपचारका लागि अस्पतालमा भर्ना भएका गिरीको मंगलबार राति १२ बजेर १० मिनेटमा मृत्यु भएको उनको पारिवारले जनाएको छ।
जनकपुरको मिल्स एरियास्थित रामाहोटलका सञ्चालकसमेत रहेका गिरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि श्री एयरलायन्सको विमान चार्टर गरेर काठमाडौं लगिएको थियो।

मृतक गिरी ०४४–०४५ सालमा जनकपुर नगरपालिकाको मेयर भएका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.