बीपीका डाक्टर अस्पताल बन्द गरेर काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

बीपीका डाक्टर अस्पताल बन्द गरेर  काठमाडौं हिँडेपछि मेयरले प्रधानमन्त्री गुहारे

धरान : विश्‍वव्यापीरुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) नियन्त्रणमा जुट‍्नुपर्ने बेलामा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका विशेषज्ञ चिकित्सक र पदाधिकारी काठमाडौं प्रस्थान गरेका छन्। 

बुधबारदेखि प्रतिष्ठानको ओपीडी सेवा बन्द गरेर डाक्टर शुक्रबार हुने सिनेट बैठकमा भाग लिन काठमाडौं गएको बताइएको छ । सरकारले भेला, बैठक र सभा सम्मेलन गर्न प्रतिबन्ध लगाएको भएपनि स्वास्थ्यमन्त्री भानुभक्त ढकालको निर्देशनमा प्रतिष्ठानका उपकुलपती डा. ज्ञानेन्द्र गिरीले शुक्रबार प्रतिष्ठानको सिनेट बैठक काठमाडौंमा बेलाएका छन् ।

बैठकमा भाग लिन प्रतिष्ठानका डेड दर्जन चिकित्सक काठमाडौं गएको बुझिएको छ । काठमाडौं जाने चिकित्सकले जिल्ला प्रशासन कार्यालय सुनसरीबाट सवारी पास लिएर काठमाडौं गएको बुझिएको छ । 

प्रतिष्ठानका चिकित्सक अस्पतालको स्वास्थ्य  सेवा बन्द गरेर काठमाडौं गएपछि कोरोना संक्रमित बिरामी र अन्य गम्भीर  प्रकृतिका बिरामीको उपचारमा गम्भीर असर पुगेको छ ।

प्रतिष्ठानले कोरोना संक्रमित बिरामीलाई भर्ना नलिए पश्चात धरानका १८ जना संक्रमित उपचार पाउनबाट बञ्चित भएका छन् । यस्तो बेलामा अस्पताल बन्द गरेर प्रतिष्ठानका पदाधिकारीसहित चिकित्सक काठमाडौं जानु अत्यन्तै गलत र बिरामीको चरम लापरवाही भएको धरान उपमहानगरपालिकाका मेयर तिलक राईले बताए । 

प्रतिष्ठानको सिनेट सदस्य समेत रहेका मेयर राईले सिनेट बैठक स्थगित गरी कोरोना नियन्त्रणमा लाग्न पटकपटक अनुरोध गर्दा समेत स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलगायतका पदाधिकारीले अटेर गरेको बताए । 

मेयर राईले तीन महिना अगाडि प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको कोभिड अस्पताल संचालन गर्न प्रतिष्ठानका उपकुलपती डा. गिरीलगायतका पदाधिकारीले अटेर गरेका कारण १८ जना संक्रमितलाई होम आइसोलेसनमा  राख्नु परेको बताए । 

उनले प्रतिष्ठानका पदाधिकारीले कोभिड अस्पताल संचालन नगरेका कारण धरान उपमहानगरपालिकाले हरियाली सामुदायिक वनको भवनमा २३ बेडको आइसोलेसन सेन्टर स्थापना गरिएको बताए । 

मेयर राईले प्रतिष्ठानको सिनेट बैठक स्थगित गर्न स्वास्थ्यमन्त्री ढकाललाई लिखित आग्रह गरिएको भएपनि अटेर गरिएको भन्दै तत्काल बैठक स्थगित गरी चिकित्सक‍लाई बिरामीको सेवामा फर्काउन प्रधानमन्त्रीसमक्ष माग गरेका छन् । 

यस्तै बीपीका सिनेट सदस्य डा. जीपी रौनियारले प्रतिष्ठानमा समेत कोरोना फैलिएको भन्दै शुक्रबार हुने सिनेट बैठक स्थगित गर्न स्वास्थ्यमन्त्रीसमक्ष लिखित माग गरेका छन।

धरानमा दैनिक कोरोना संक्रमितको संख्य बढिरहेको भएपनि प्रतिष्ठानले संक्रमितको उपचारमा ध्यान दिएको छैन् । प्रतिष्ठानले कोरोना संक्रमितलाई भर्ना नगरेका कारण धरानका १८ संक्रमित घरमै छन् । यसले समुदायमा अझ संक्रमण फैलाउने त्रास बढेको छ ।

प्रतिष्ठानका पदाधिकारीहरु उपकुलपती डा. ज्ञानेन्द्र गिरी, शिक्षाध्यक्ष डा गुरु खनाल, रजिष्ट्रर डा मोहन चन्द्र रेग्मी र निर्देशक गौरी शंकर साहलगायतका डेड दर्जन चिकित्सक काठमाडौं प्रस्थान गरेका छन् । 

चिकित्सकहरुले ओपीडी सेवा बन्द गरेर काठमाडौं हिँडेपछि प्रतिष्ठान आउने हजारौं सर्बसाधारणको उपचार सेवा प्रभावित भएको छ । उपचारका लागि प्रतिष्ठान आउने बिरामी घर फर्किन बाध्य भएको प्रतिष्ठान उपचार गर्न आएका धरान हरिबहादुर परियारले गुनासो गरे । 

यस विषयमा प्रतिष्ठानका उपकुलपती डा. गिरी र रजिष्ट्रार डा. रेग्मीसँग पटकपटक सम्पर्क गर्न खोज्दा दुबैजनाले फोन उठाएनन् । प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले पनि सिनेट बैठकमा भाग लिन चिकित्सक काठमाडौं गएको तर यस विषयमा रजिष्ट्रार रेग्मीसँग सबै कुरा बुझ्न आग्रह गरे।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.