सडकमा मृत भेटिएका पुरुषमा संक्रमण पुष्टि

सडकमा मृत भेटिएका पुरुषमा संक्रमण पुष्टि

वीरगन्ज : वीरगन्जको सडकमा मङगलबार मृत अवस्थामा फेला परेका एक युवकमा कोरोना संक्रमण भएको पुष्टि भएको छ। बाराको विश्रामपुर गाउँपालिका-५ इटियाही गाउँ घर भएका ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो।

वीरगन्ज महानगरपालिका-१६ नगवास्थित सामुदायिक प्रहरी कार्यालय नजिकको सडकमा मङगलवार दिउसो उनि मृत अवस्थामा फेला परेका थिए। शवको स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालामा पठाइएको थियो। बुधबार साँझ प्रयोगशालाले दिएको रिपोर्टमा मृतक ती पुरुषको पीसीआर रिपोर्ट पोजिटिभ आएको  नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए।

यसअघि जेठ ३१ गते पनि वीरगन्जको घण्टाघरस्थित पार्क परिसरमा वेवारिसे अवस्थामा मृत भेटिएका एक युवकमा पनि संक्रमण पुष्टि भएको थियो। ती युवकको भने अहिलेसम्म पनि पहिचान खुल्न सकेको छैन्।

बुधबार बारा घर भएका मृतक पुरुषमा संक्रमण पुष्टि भएसंगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ। साउनमा मात्रै पर्सामा १९ जनाको मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.