कपिलवस्तु अस्पतालका १८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कपिलवस्तु अस्पतालका १८  स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

कपिलवस्तु : कपिलवस्तु अस्पतालमा कार्यरत १८ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ। कपिलवस्तु अस्पतालमा साउन २६ गते ९१ जनाको स्वाब नमूना संकलन गरिएको थियो । त्यसमध्ये १८ जनाको कोरोना रिर्पोट पोजिटिभ र ६० जनाको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य कार्यालयले जनाएको छ। सो मध्ये १३ जनाको परीक्षण रिर्पोट आउन बाँकी छ। 

अस्पतालका मेडिकल अधिकृत, ल्याब, नर्सिङ्ग, एमरजेन्सी लगायत फांटका स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको छ। यसअघि संक्रमित भएका ५ जना सहित कपिलवस्तु अस्पतालमा हाल २३ जनामा कोरोना संक्रमण देखिएको छ। यसअघि नै ५ जनामा कोरोना संक्रमण देखिएपछि कपिलवस्तु अस्पतालले इमरजेन्सी सेवाबाहेक सबै सेवा अर्को सूचना नहुँदासम्मका लागि बन्द गरेको छ। 

जिल्लामा हालसम्म ९ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये १ जनाको कोरोनाले मृत्यु भइसकेको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.