लकडाउन भएपछि लुम्बिनी विश्वविद्यालयको परीक्षा स्थगित

लकडाउन भएपछि लुम्बिनी विश्वविद्यालयको परीक्षा स्थगित

बुटवल : लुम्बिनी बौद्ध विश्वविद्यालयले कोरोना महामारीका कारण बुटवल उपमहानगरपालिकामा लकडाउन भएपछि परीक्षा स्थगित गरेको छ। 

सबैभन्दा धेरै विद्यार्थीको परीक्षा केन्द्र रहेको बुटवल भदौ ५ गतेसम्म लकडाउन भएपछि परीक्षा स्थगित गरिएको हो।

विश्वविद्यालयका रजिष्टार डा. तिलक आचार्यले कोरोनाको बढ्दो संक्रमण, सरकारले भदौ १६ अघि परीक्षा नगर्न गरेको निर्देशन र बुटवलमा लकडाउन भएपछि परीक्षा स्थगित गरेको बताए।

विश्वविद्यालयले भदौ २ गतेदेखि स्नातक तहको परीक्षा गर्ने तयारी गरेको थियो। विश्वविद्यालयले रोकिएका परीक्षा संक्रमणको व्यवस्थापन र लकडाउन खुला हुनासाथ गरिने जनाएको छ। 

‘अहिलेको स्थगन विद्यार्थीका लागि तयारीको मौका पनि हो’, रजिष्टार आचार्यले भने,‘अबको परीक्षा छोटो अवधिकै सूचनामा लगातार हुन सक्नेछ। पाँच वटा पेपरको परीक्षा पाँचै दिनमा सक्ने योजना पनि बनिरहेको छ।’

विश्वविद्यालयले परीक्षाको पूर्ण तयारीकाबीच स्थगित गरेको हो। चैतमा हुनुपर्ने परीक्षा कहिले हुन्छ भन्ने विषय अन्योल बनेको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.