वीपी प्रतिष्ठानका दुई नर्समा कोरोना संक्रमण

वीपी प्रतिष्ठानका दुई नर्समा कोरोना संक्रमण

धरान : वीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानमा कार्यरत दुई स्टाफ नर्समा कोरोना पोजिटिभ देखिएको छ। बिरामीको उपचारमा संलग्न भएका दुबै जनाको स्वाब संकलन गर्दा कोराना पुष्टि भएको हो। 

प्रतिष्ठानको एमआईसीयुमा कार्यरत दुई जना स्टाफ नर्समा कोरोना देखिएपश्चात प्रतिष्ठानकै कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको प्रतिष्ठानको मेडिसन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले जानकारी दिए।

प्रतिष्ठानको एमआईसियुमा उपचारका लागि भर्ना भएकी एक महिलामा कोरोना पोजिटिभ देखिएपश्चात उनीहरुमा सरेको अनुमान गरिएको छ। उपचाररत महिलामा कोरोना देखिएपश्चात कन्ट्रयाक ट्रेसिङका आधारमा दुबै नर्सहरुको स्वाब संकलन गरिएको थियो। 

यस अगाडि प्रतिष्ठानकै दुई जना डाक्टरमा समेत कोरोना देखिएपछि उनीहरुपनि उपचारका लागि कोभिड अस्पताल भर्ना गरिएको डा. शर्माले बताएका छन्। सुनसरीमा हालसम्म २ सय ८३ जनामा कोरोना पोजेटिभ देखिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.