कपिलवस्तुमा निषेधाज्ञा थप १ हप्ता बढाइयो

कपिलवस्तुमा निषेधाज्ञा थप १ हप्ता बढाइयो

कपिलवस्तु : जिल्लामा दिनप्रतिदिन कोरोना संक्रमितको संख्या बढ्न थालेपछि स्थानीय प्रशासनले कपिलवस्तुमा १ हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको बैठकबाट यस्तो निर्णय गरेको हो ।

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ अनुसार भाद्र ७ गते राती १२ बजे सम्मका लागि जिल्लामा निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताए ।

जिल्लामा कोरोना संक्रमणकै कारण २ जनाको मृत्यु भइसकेको र दैनिकजसो संक्रमितको संख्या बढ्दो क्रममा रहेका कारण संक्रमण फैलन नदिन बाध्यभइ निषेधाज्ञा जारी गर्नु परेको प्रजिअ पौडेलले बताए । 

निषेधाज्ञा जारी अवधिभर अतिआवश्यक सेवाका पसल तथा सवारी साधनबाहेक सबै बन्द हुने जनाइएको छ । मेडिकल, पानी, दूधजस्ता अतिवाश्यक वस्तुबाहेक सबै पसल व्यवसाय बन्द गर्ने निर्णय गरिएको छ । उद्योग तथा कलकारखानाको भने स्वास्थ्य मन्त्रालयले जारी गरेको स्वास्थ्य निर्देशिकाअनुसार सुरक्षा सर्तकता अपनाएर संचालन गर्न सकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 

दमकल, एम्बुलेन्स, शवबाहन, दूध, खानेपानीका गाडीबाहेक अन्य सबै निजी तथा भाडाका सवारी साधान संचालनमा पूर्ण रोक लगाइएको छ । राजमार्ग भएर गुड्ने गाडि जिल्लामा नरोकिने गरी भने चल्न पाउने छन् । तरकारी र खाद्यान्न खरिदका लागि हरेक दिन बिहान ८ बजेदेखि १० बजेसम्मको समय तोकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.