डडेल्धुरामा ८ वर्षीय बालिकामा कोरोना पुष्टि
डडेल्धुरा : डडेल्धुरा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक जनामा कोरोना पुष्टि भएको छ। अमरगढी नगरपालिका-५ की ८ वर्षीया बालिकामा कोरोना पुष्टि भएको डडेल्धुरा अस्पतालको कोरोना परीक्षण प्रयोगशालाका इन्चार्ज ईश्वरीप्रसाद भुसालले बताए।
प्रयोगशालामा पछिल्लो २४ घण्टामा २ सय ५२ जनाको कोरोना परीक्षण गरिएको छ। अन्य सबैको रिर्पोट नेगेटिभ आएको डडेल्धुरा अस्पतालले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !