करेन्ट लागेर मजदुरको मृत्यु
धरान : सुनसरीको बर्जु गाउँपालिका ५ मा रहेको ईष्टन सुगरमिलमा काम गर्ने ४२ वर्षीय तेजनारायण चौधरीको मंगलबार मृत्यु भएको छ । बिहान १० बजेतिर मिलमा काम गर्ने क्रममा करेन्ट लागेर घाइते भएका थिए। उपचारका क्रममा विराटनगरको गोल्डेन अस्पतालमा मृत्यु भएको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।पोष्टमार्टमपछि मृतकको शव परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस !