गुणराजको हत्यामा संलग्न पाँच जना पक्राउ
धरान : सुनसरी भोक्रहा नर्सिङ गाँउपालिकाका २२ वर्षीय गुणराज यादवको हत्यामा संलग्न पाँच जना अभियुक्त पक्राउ परेका छन्। गुणराजको हत्या गरी फरारर रहेका उनीहरुलाई प्रहरीको विषेश टोली परिचालन गरी जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरेको सुनसरीका प्रहरी प्रमुख एसपी कमल थापाले जानकारी दिए।
गत साउन २९ गते भोक्राहा नर्सिङ गाँउपालिका वडा नम्बर ७ का गुणराज यादवको हत्या भएको थियो। प्रहरीले साउन ३१ गते हत्या गरी बोरामा फालेको अवस्थामा गुणराजको शव सुनसरी खोलाबाट बरामत गरेको थियो। घटनापश्चात प्रहरीले तत्काल अनुसन्धान अगाडि बढाइ विशेष सुराकीको आधारमा अभियुक्तलाई पक्राउ गर्न प्रहरी सफल भएको एसपी थापाले बताए।
गुणराजको हत्यामा संलग्न स्थनीय दिनेश महतो, पप्पु राम, शिवकुमार मेहता, दिपककुमार यादव र प्रदिप रामलाई पक्राउ गरी घटनाको अनुसन्धान थालिएको एसपी थापाले बताए। पक्राउ परेका पाँचै जनाले गत साउन २९ गते मादक पदार्थ सेवन गरी सामान्य विवाद हुँदा बाँसको भाटा र ढुङगाले हानेर गुणराजको हत्या गरेको प्रहरी अनुसन्धानले देखाएको एसपी थापाले बताए।
प्रतिक्रिया दिनुहोस !