वीरगन्जमा कोरोनाले थप एकको मृत्यु : मृतकको संख्या ३१ पुग्यो

वीरगन्जमा कोरोनाले थप एकको मृत्यु : मृतकको संख्या ३१ पुग्यो

वीरगन्ज : वीरगन्जमा बुधबार कोरोना संक्रमणले थप एकजनाको मृत्यु भएको छ। वीरगन्ज महानगरपालिका– ५ रेशमकोठीकी ४० वर्षीया महिलाको बुधबार  ४ बजेर १५ मिनेट जाँदा मृत्यु भएको हो। 

गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए। 

मधुमेहकी रोगी ती महिलामा निमोनियाको पनि समस्या भएपछि चार दिन पहिले अली अर्थो ट्रमा सेन्टरमा भर्ना गरिएको थियो।  अली अर्थो ट्रमा सेन्टरमै उपचारका क्रममा भदौ २ गते उनको स्वाब संकलन गरिएको थियो। उनको पीसीआर रिर्पोट पोजिटिभ आएको थियो। 

कोरोना पुष्टि भएपछि ती महिलालाई मङगलबार राति ११ बजे वीरगन्ज हेल्थ अस्थायी कोभिड अस्पतालमा लगेर भर्ना गरिएको थियो।  स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई बुधबार बिहान ११ बजे भेन्टिलेटरमा राखिएको थियो। यसअघि मङगलबार पनि वीरगन्जमा कोरोना संक्रमणका कारण दुई पुरुषको मृत्यु भएको थियो। 

वीरगन्ज–४  विर्ताका ८४ वर्षीय पुरुषको गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा मङगलबार राति साढे १० बजे मृत्यु भएको थियो। वीरगन्ज १५ भिस्वाका ५७ वर्षीय पुरुषको भने नारायणी अस्पतालमा उपचारका क्रममा मङगलबार दिउँसो ३ बजे मृत्यु भएको थियो।

बुधबार अपरान्ह संक्रमित १ महिलाको मृत्यु भएसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुगेको छ। साउनमा मात्रै २८ जनाको मृत्यु भएको छ । वीरगन्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ३१ मध्ये पर्साका २३, बाराका ५ र रौतहटका २ जना हुन्। जेठ ३१ गते वीरगन्जको घण्टाघरमा मृत भेटिएका एक संक्रमित युवकको भने पहिचान खुल्न सकेको छैन। 

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.