वीपी प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

वीपी प्रतिष्ठान धरानमा दोस्रो पटक प्लाज्मा थेरापी

धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक कोरोना संक्रमित बिरामीलाई पनि प्लाज्मा थेरापी गरिएको छ। कोरोना लागेर निको भएका प्रदेश प्रहरी कार्यालय विराटनगरका एक प्रहरी हबल्दारले रक्तदान गरेपछि संक्रमित ६९ वर्षिय बुद्धलाई दोस्रो पटक प्लाज्मा थेरामी गरिएको हो। 

प्रहरी हबल्दारले रक्तदान गरे पश्चात धरान १५ का ६९ वर्षीय बृद्धलाई शुक्रबार राति प्लाज्मा थेरापी गरिएको वीपी प्रतिष्ठान धरानका मेडिसिन विभाग प्रमुख प्रा.डा संजिवकुमार शर्माले बताए। कोरोना भाइरसको संक्रमण देखा परेपछि हप्तादिन अगाडि प्रतिष्ठानको लेभल थ्री कोभिड अस्पतालको भेण्टिलेटरमा उपचाररत बृद्धलाई प्लाज्मा थेरापी गरिएपश्चात उनको स्वास्थ्यमा क्रमिक सुधार आएको डा. शर्माले जानकारी दिएका छन्।

प्लाज्मा थेरीपी गर्न कोरोना संक्रमित भएर निको भएका व्यक्तिहरुको मात्र रगत आवश्यक पर्दछ। कोरोना निको भएका व्यक्तिको शरिरमा भाइरससँग लड्न एन्टिबडी उत्पादन भएको हुनाले प्लाज्मा छुट्याएर संक्रमित बिरामीलाई प्लाज्मा चढाउन सुरु गरिएको पनि डा. शर्माले बताए। 

रेडक्रस सुनसरीका सभापि उमेश थापाले कोरोना संक्रमण भएर निको भएका व्यक्तिहरुको रगत संकलन गरी प्रतिष्ठानमा उपचाररत संक्रमित बिरामीहरुलाई प्लाज्मा उपलब्ध गराइएको बताए। उनले प्रदेश १ का कोरोना भाइरसको संक्रमणबाट निको भएका व्यक्तिहरुको पहिचान गरी रक्तदान गर्न लगाई रेडक्रसले प्लाज्मा बैंक स्थापना गर्न लागेको जानकारी दिए। 
यस अगाडि धरान ८ का ६७ वर्षीय बृद्धलाई पनि पहिलो पटक प्लाज्मा थेरामी गरिएको थियो। पहिलो पटक प्लाज्मा थेरामी गरिएका ती बृद्धाको स्वास्थ्य अवस्था पहिलाभन्दा धेरै सुधार भएको पनि डा. शर्माले बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.