सिर्दिबासको गमपुलमा पहिरो, पदमार्ग जोखिम

सिर्दिबासको गमपुलमा पहिरो, पदमार्ग जोखिम

गोरखा : मनास्लु पदमार्गको चुम उपत्यका र नुब्री क्षेत्र छुट्ने ठाउँमा ठूलो पहिरो जाँदा पदमार्ग जोखिम बनेको छ। चुमनुब्री गाउँपालिका-३ स्थित गमपुलको केही तल न्याकतर्फबाट झरेको ठूलो पहिरोले बूढीगण्डकी थुनेपछि नदीको दुवैतर्फबाट पहिरो झर्ने काम भइरहेको स्थानीय दीपेन्द्र गुरुङले जानकारी दिए।

‘पहिरोले केहीबेर बूढीगण्डकी थुनियो। पछि खुल्न त खुल्यो तर नदीको दायाबायाँ ठूलो पहिरो झर्‍यो। रुखहरु पनि ढले। बाटो सबै लग्यो’, उनले भने, ‘हामी स्थानीयबासी १०/१५ जना मिलेर एउटा कामचलाउ बाटो खुलायौँ। तर धेरै घुमाउरो छ। बटुवालाई १५/२० मिनेट उकालो उक्लिएर फेरि ओर्लिनुपर्छ।’

बूढीगण्डकी तालिएर जमिन कमजोर बनाएकाले अझै धेरै ठाउँमा पहिरो झर्ने अबस्था रहेको वडा नं. ४ का अध्यक्ष पेमा डुण्डुप लामाले बताए। ‘न्याकतर्फबाट पहिरो झर्ने क्रम अझै रोकिएको छैन। ढुंगा पनि झरिरहेको छ। बूढीगण्डकी तालिएर धन्नै पुल समेत भेटिसकेको रहेछ’, सोही बाटो हिडेर फिलिम पुगेका उनले भने, ‘बैकल्पिक बाटो त बनाएको रहेछ, तर तालिएको पानीले माटो सबै गलिसकेको छ। पहिरोको खतरा उत्तिकै छ।’ सो पदमार्ग अहिले हिड्नलायक नरहेको उनले बताए।

सो बाटो हुदै चुमनुब्री गाउँपालिकाको वडा नं. १ को सामागाउँ, साम्दो, वड नं. २ को ल्हो, ल्ही, स्याला, स्यो, वडा नं. ३ को न्याक, वडा नं. ४ को प्रोक, नाम्रुङ, क्वाक, छाक, गप, वडा नं. ५ को बिही, ड्याङ, क्रयाक, वडा नं. ६ को लोक्पा, चुम्लिङ, चुम्चेत, सिप्चेत र वडा नं. ७ को छेकम, ङाक्यू, लेरु, लामागाउँ, बुर्जी, लार, फुर्पे, छुले र नीले गाउँका बासिन्दा आवतजावत गर्ने गर्छन्। गमपुल पहिरोका कारण उनीहरुलाई आवतजावत गर्न सास्ती भएको स्थानीयबासीको गुनासो छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.