कोरोना कहर : कर्णालीमा थपिए ५१ संक्रमित, १९ जना डिस्चार्ज

कोरोना कहर : कर्णालीमा थपिए ५१ संक्रमित, १९ जना डिस्चार्ज

दैलेख : पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा ५१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रमुख वृषबहादुर शाहीका अनुसार चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिम, कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्ला र प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा संक्रमण पुष्टि भएको हो । 

प्रदेश अस्पताल पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परिक्षणमा सुर्खेतका दुई, बर्दियाका एक, चितवनका दुई, कञ्चनपुरका दुई, सल्यानका एक, कैलालीका एक, सर्लाहीका एक र रुपन्देहीका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै चौरजहारी नगरपालिका पीसीआर प्रयोगशाला रुकुमपश्चिममा गरिएको परिक्षणमा रुकुम पश्चिममा १८, जाजरकोटका १५,बर्दियाका एक, डडेल्धुराका एक, धादिङका एक र उदयपुरका एक जनामा संक्रमण पुष्टि भएको छ । 

त्यसैगरी कर्णाली स्वास्थ्य प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोटका तीन जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रमुख शाहीले जनाए । योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या दुई हजार दुई सय ९५ पुगेको छ ।  स्वास्थ्य सेवा महाशाखाका अनुसार पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशका विभिन्न जिल्लाका १९ जना निको भएर घर फर्किएका छन् । यो सँगै कर्णालीमा एक हजार ९ सय ९२ जना कोरोना जीतेर घर फर्किएका छन् । 

कुन जिल्लामा कति संक्रमित ?

कर्णाली प्रदेशमा सबै भन्दा धेरै कोरोना संक्रमित दैलेख जिल्लामा देखिएको छ । स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेखमा हालसम्म एक हजार ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसपछि सुर्खेतमा ६ सय १३, सल्यानमा २ सय ६१, जुम्लामा १ सय १५ जनामा संक्रमण देखिएको छ । त्यसैगरी हुम्लामा ५, मुगुमा १०, डोल्पामा ५, कालिकोटमा ८२, जाजरकोटमा ४८ र रुकुम पश्चिममा ५७ जना र अन्य प्रदेशका ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा हालसम्म ६ जनाको मृत्यु भईसकेको छ । 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.