बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बगेर बेपत्ता

बाख्रा चराउन गएका दुई बालक कर्णालीमा बगेर बेपत्ता

दैलेख : कर्णालीमा नदीमा बगेर दुई बालक बेपत्ता भएका छन्। दैलेखको आठबिस नगरपालिका वडा नम्बर ४ भेल्तडीका दुई बालक नदीमा बगेका हुन्।  मंगलबार दिउँसो पौडी खेल्नेक्रममा उनीहरु नदीमा बगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार नदीमा बेपत्ता हुनेमा १४ वर्षका भरत माझी र १३ वर्षका विनोद माझी छन्। स्थानीयका अनुसार उनीहरु दुबै जना बाख्रा चराउन गएका थिए। घरबाट बाख्रा चराउन गएको र नदीमा पौडी खेल्नेक्रममा बगेर बेपत्ता भएको स्थानीयले जनाएका छन्।

नदीमा बेपत्ता भएका बालको खोजीका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। स्थानीयले पनि खोजी कार्य जारी राखेको दैलेखका डीएसपी हरिबहादुर वलीले जानकारी दिए। नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोली खोजीमा खटाइएको छ। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.