पर्सामा १९ संक्रमित थपिए
वीरगन्ज : पर्सामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बुधबार बिहान गरिएको पीसीआर परिक्षणमा पर्साका ४ महिला र १५ पुरुष गरि थप १९ जनामा संक्रमण पुष्टि भएको हो।
पर्सामा थपिएका १९ जना मध्ये पर्सागढी नगरपालिकाकाको वडा नम्बर ४ का मात्रै १२ जना छन्। यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ४, ५, १९, १५, १६ र २२ का १/१ जनामा संक्रमण भेटिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
यस्तै धोबिनी गाउँपालिका वडा नम्बर ३ का १ जनामा पनि संक्रमण पुष्टि भएको छ। बुधबार १९ जना संक्रमित थपिएसंगै पर्सामा संक्रमितको संख्या १ हजार ९ सय ९८ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !