बुटवलमा संक्रमित महिलाको मृत्यु
बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेकी एक महिलाको मृत्यु भएको छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर २ जानकीनगर निवासी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको हो।
साउन २६ गते कोरोना पोजिटिभ भइ अस्पतालमा भर्ना भएकी उनलाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो। प्लाज्मा थेरापी गरिए पनि उनको ज्यान बच्न सकेन। लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार उनमा श्वासप्रश्वास, उच्च रक्तचाप, थाइराइडको समस्या रहेको थियो।
अस्पतालमा बुधबार रातिमात्रै कपिलवस्तुका ५० वर्षीय पुरुषको मृत्यु भएको थियो। यी दुई मृत्युसँगै प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ।
प्रतिक्रिया दिनुहोस !