बलात्कार आरोपित वडाअध्यक्ष पुर्पपक्षका लागि थुनामा
गोरखा : बालिका बलात्कारको आरोपमा प्रहरी हिरासतमा रहेका एक वडाअध्यक्ष बिहीबारलाई कारागार चलान गरिएको छ। गाउँकी बालिकालाई बलात्कार गरेको आरोपमा पक्राउ परेका पालुङटार नगरपालिका–४ का अध्यक्ष ठाकुरकान्त रानाभाटलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत गोरखाको थुनछेक आदेशले पुर्पक्षका थुनामा राख्ने आदेश गरेको श्रेस्तेदार विनोद अधिकारीले जानकारी दिए। आफैँ अध्यक्ष रहेको अमरज्योति माविको कक्षा नौ मा पढ्ने बालिकालाई बलात्कार गरेको आरोपमा उजुरी परेपछि उनलाई प्रहरीले साउन १६ गते पक्राउ गरेको थियो।
रानाभाट तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित वडा अध्यक्ष हुन्। उनलाई पार्टीको सबै जिम्मेवारीबाट मुक्त गरिएको समाजवादी पार्टीको गाउँ कमिटिले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !