तीन साता हुँदा पनि भेटिएनन् राजन, परिवार विक्षिप्त

तीन साता हुँदा पनि भेटिएनन् राजन, परिवार विक्षिप्त

स्याङजा : हराएको तीनसाता बित्न लाग्यो। तर, वालिङ्का १८ वर्षे राजन पौडेलको अवस्था पत्ता लागेको छैन। साथीसँगै खेल्न गएका उनको १९ दिनदेखि वेखबर छन्। वालिङ नगरपालिका–१० भकुण्डे निवासी राजनकी आमा कमला पौडेल छोरा वेखबर रहेदेखि अर्धचेतमा छन्। छिनछिनमै उनी मूर्छिन हुन्छिन्। परिवार विक्षिप्त बनेको छ। कयौं दिन भो घरमा चुल्हो बलेको छैन्। 

वैदेशिक रोजगारीका लागि दुबई पुगेका उनका बुवा ईश्वरी पौडेल पनि अहिले घर फर्केका छन्। वालिङकै आदर्श माध्यमिक बिद्यालयमा कक्षा १२ मा अध्ययरत राजनकी एक दिदी छिन्। राजनको परिवार मात्र होइन,  पाइनिजाय टोल नै शोकमा डुबेको छ। प्रहरी प्रशासनले छिटो भन्दा छिटो राजनको खोजी गरी वास्तविकता पत्ता लगाओस् भनेर स्थानीयले माग गरिरहेका छन्। 
उनीसँगै खेल्न गएका अरु २ जना साथीहरु प्रहरी नियन्त्रणमा छन्। करिब १७ र १८ वर्षका उनीहरु १० दिनदेखि वडा प्रहरी कार्यालय वालिङ्मा छन्। प्रहरीले ज्यान सम्बन्धी मुद्धा दर्ता गरी थपअनुसन्धान अघि बढाएको जनाएको छ। 

प्रारम्भिक अनुसन्धानबाट राजनसहित उनका ३ जना साथीहरु मिलेर आँधीखोलामा पौडी खेल्न गएको देखएिको प्रहरीले जनाएको छ।  साउन २६ गतेदेखि राजनकोे अवस्था अज्ञात छ। 
‘राजनले लगाएको कपडा र मोबाइल भीरकोट नगरपालिकाको ओडारेस्थित आँधीखोला किनारमा भेटिएको छ’ वडा कार्यालय वालिङका प्रमुख हरि पौडेलले भने ‘कपडा भेटिएको ठाउँभन्दा झन्डै एक किलोमिटर पर फुटेको अवस्थामा मोबाइल भेटिएको छ।’

२७ गते नै परिवारले खोजतलासका लागि माग सहितको निवेदन प्रहरीमा दर्ता गरेको राजनकी आमा कमलाले बताइन्।तत्कालीन वडा कार्यालय प्रमुख एवं प्रहरी निरीक्षक निरञ्जन घिमिरेको सक्रियतामा पोखराबाट ल्याइएको गोताखोरले २ दिनसम्म खोलामा खोजी गरेको थियो। उनको सरुवा भएपछि अहिले सोही ठाउँमा प्रनि हरि पौडेल आएका छन्। 

उनीसँगै गएका दुवैजना साथीले पर्सीपल्ट मात्रै राजन खोलामा पोडी खेल्न जाँदा हराएको भन्ने सूचना दिएको राजनको परिवारले जनाएको छ। राजनको अवस्थाका बारे जानकारी दिनुपर्ने भन्दै वालिङ्वासीले कार्यालय घेराउ गर्दे नारावाजी गरेका थिए। 
         


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.