कोरोनाबाट गोरखामा एक जनाको मृत्यु
गोरखा : गोरखामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। गोरखा नगरपालिका-१३ रामशाह टोलका ३८ वर्षका एक पुरुषको मृत्यु भएको नगरपालिकाका मेयर राजनराज पन्तले जानकारी दिए।
चितवनको भरतपुर अस्पतालमा उपचाररत उनको शुक्रबार दिउसो मृत्यु भएको उनले बताए। उच्च ज्वारो आएपछि आँबुखैरेनीको छिम्केश्वरी अस्पतालमा उपचारका लागि गएका उनी थप उपचारका लागि भरतपुर अस्पताल गएका थिए। अस्पतालले मंगलबार उनलाई कोरोना संक्रमण पुष्टि गरेको थियो।
उनी शहीद लखन गाउँपालिकाको नयाँपुलमा रेष्टुरेण्ट सञ्चाल गर्थे।
यो सँगै गोरखामा कोरोनाका कारण मृत्यू हुनेको संख्या दुई पुगेको छ। यसअघि गत असार १९ गते पालुङटार नगरपालिका ७ का ४१ बर्षीय एक पुरुषको पनि कोरोनाका कारण मृत्यू भएको थियो।
प्रतिक्रिया दिनुहोस !