पर्सामा तीन दिनमै २६९ संक्रमित कोरोना मुक्त
वीरगन्ज : पर्सामा तीन दिनको अवधीमै २ सय ६९ जना संक्रमित कोरोना मुक्त भइ आइसोलेसनबाट डिस्चार्ज भइ घर फर्किएका छन्। शनिवार मात्रै ६१ जनालाइ आइसोलेसनबाट डिस्चार्ज गरि घर पठाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
शनिवार वीरगन्जस्थित गण्डक कोभिड अस्थायी अस्पतालबाट १६ जना र वीरगंज हेल्थ केयर अस्थायी कोभिड अस्पतालबाट १७ जना र वयोधा अस्पतालबाट १ जना डिस्चार्ज भएका हुन्।
यस्तै वीरगन्जकै रानी पोखरी होटल सेमि आइसोलेसनबाट ४ जना, राणीसती धर्मशालाको सेमि आइसोलेसनबाट ९ जना , पोखरीया कोभिड अस्पतालबाट १० जना र पोखरिया नगरपालिकाको होम आइसोलेसनबाट ४ जना शनिवार ठिस्चार्ज भइ घर फर्किएको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत विनय श्रीवास्तवले जानकारी दिए।
गत बिहिबार भने एकै दिन १०३ जना र बुधबार ६६ जना कोरोना मुक्त भएर घर फर्किएका थिए। ३ दिनको अवधीमा मात्रै २ सय ६९ जना स.क्रमित कोरोनालाइ जितेर घर फर्किएको श्रीवास्तवले जानकारी दिए। उनका अनुसार , पर्सामा २ हजार १ सय १३ जनामा संक्रमण भेटिएकोमा शनिवार सम्म ६ सय ४७ जना संक्रमित निको भएका छन्।
पर्सामा अब कोभिड अस्पतालको आईसोलेसनमा १ सय ४ जना संक्रमित उपचाररत छन्।
यस्तै होम आईसोलेसनमा ९ ससय ३१ जना र जिल्लाका विभिन्न स्थानमा सन्चालित सेमी आइसोलेसनमा ३ सय २२ जना संक्रमित रहेको श्रीवास्तवले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !