सर्पले डसेर मृत्यु

सन्धिखर्क : अर्घाखाँचीको सितगगां नगरपालिका ५ जुकेनामा सर्पले डसेर आइतबार एकजनाको मृत्यु भएको छ । सितगंगा ५ जुकेना बार्नेआपका अन्दाजी ३५ वर्षीय स्थानीय यम बहादुर बेल्बासेको सर्पको डसाइबाट मृत्यु भएको सितगंगा ५ का वडा अध्यक्ष कमल पौडेलले बताए ।
राती सर्पले डसेका उनलाई भौगोलिक विकटताकारणा बेल्वासेलाई आइतबार बिहान मात्रै उपचारका लागि गोरुसिंगेको सर्प दंशमा उपचार केन्द्रमा लगिएको थियो । बिरामी गम्भिर देखेपछि सर्पदंस उपचार केन्द्र गोरुसिंगेले प्रादेसिक अस्पताल बुटबल रिफर गरेको थियो । उपचारका लागि बुटबल लैजाँदै गर्दा बेल्वासेको बाटोमै मृत्यु भएको हो।
प्रतिक्रिया दिनुहोस !
