बुटवलमा कोरोना संक्रमित पुरुषको मृत्यु
बुटवल : बुटवलमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । दीर्घरोगी रहेका बुटवल–५ निवासी ६७ वर्षीय पुरुषको मृत्यु भएको हो । कोरोना विशेष अस्पतालमा आइतबार बिहान मात्रै उपचारका लागि आएका उनको दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । ज्वरो क्लिनिकमा आएका उनलाई कोरोना पोजेटिभ पछि अस्पतालमा भर्ना गरिएको थियो ।
मृतकमा मुटुरोग, मधुमेह, श्वासप्रश्वास र उच्च रक्तचापको समस्या रहेको थियो । कोरोना विशेष अस्पतालमा मृतकको संख्या ९ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस !