विप्लव नेतृ भुजेल र नेता पौडेल फरार भएपछि प्रहरी तनावमा

विप्लव नेतृ भुजेल र नेता पौडेल फरार भएपछि प्रहरी तनावमा

राजविराज : पुनः पक्राउका लागि अदालत अगाडि बसेको प्रहरीलाई झुक्याएर नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी नेतृ उमा भुजेल ‘शिलु’ र नेता सुमनसिंह पौडेल बेपत्ता भएका छन्।

सप्तरी जिल्ला अदालत अगाडि पक्राउ गर्न दुई इन्स्पेक्टरको नेतृत्वमा बसेको दुई दर्जन बढी प्रहरीको आँखा छल्दै उनीहरु उम्किन सफल भएका हुन्। विप्लव नेता उम्किएपछि प्रहरीलाई तनाव भएको छ। 

सर्वोच्च अदालतको आदेशमा सप्तरी जिल्ला अदालतले सप्तरी जिल्ला बार एशोसिएसनको रोहबरमा आइतबार साँझ रिहा गरेपछि पुनः पक्राउ गर्न प्रहरी तैनाथ थिए। बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे बमोजिम उनीहरु रिहा भएपछि बेपत्ता भएको बार एशोसिएसनका अध्यक्ष डोमन साहले जानकारी दिए।

अदालत परिसर अगाडिको मूल ढोकामा पुनः पक्राउ गर्न प्रहरी र फोटो खिच्न पत्रकार बसेका थिए। उनीहरु अदालतबाट बार एशोसिएसनको पछाडिको ढोका हुँदै बेपत्ता भएको अदालतका एक कर्मचारीले जानकारी दिए।

जिल्ला अदालत सुनसरीले भदौ २ गते पुर्पक्षका लागि साधारण तारखेमा रिहा गरेलगत्तै अदालत परिसरबाट बाहिर निक्लदा पक्राउ परेका उनीहरुविरुद्ध इलाका प्रहरी कार्यालय कञ्चनरुप, सप्तरीले अभद्र व्यवहारको आरोप लगाउँदै भदौ ४ गते मुद्दा चलाएको थियो। 

सुनसरीमा पक्राउ परेलगत्तै दुवै जनालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएर सप्तरी प्रहरीलाई बुझाएको पौडेलको परिवारका सदस्यले जानकारी  दिएका छन्। आठ महिनाको अवधिमा भुजेल १२औं पटक पक्राउ परिसकेकी छन्। सरकारले नेकपामाथि ०७५ फागुन २८ गतेदेखि प्रतिबन्ध लगाएको छ।

उनीहरु फरार भएपछि जिल्ला प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयमा तनाव भएको छ। विप्लव नेता उम्किसकेपछि चाल पाएका प्रहरीले अदालतभित्र लुकेको हुन सक्ने भन्दै कोठा-कोठा चहार्दै खोजेका थिए। स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप भन्दै कानुन व्यवसायीले विरोध जनाएका छन्। अदालतमा फेला नपरेपछि उनीहरु राजविराजमै कतै लुकेको हुन सक्ने आशंकामा अहिले राति ठूलो सङ्ख्यामा प्रहरी परिचालित गरिएको छ।
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.