पर्सामा थप ३२ जनामा कोरोना पुष्टि
वीरगन्ज : पर्सामा थप ३२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। वीरगन्जस्थित नारायणी अस्पतालको प्रयोशालमा आइतबार राति गरिएको परीक्षणमा पर्साका ३२ जनामा संक्रमण पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिए।
संक्रमण पुष्टि भएका पर्साका ४७ जना मध्ये वीरगन्ज महानगरपालिकाको विभिन्न वडाका २१ जना छन्। डाक्टर चौरसीयाका अनुसार , आइतवार राति वीरगन्ज महानगरपालिका वडा नम्बर ११ का १२ जना , वडा नम्बर २ का ३ जना , वडा नम्बर २० का २ जना तथा वडा नम्बर ५ , ६ , १३ र १५ का १/१ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पर्साकै कालीकामाइ गाँउपालिकाको वडा नम्बर १ र ४ का ४/४ जना तथा वडा नम्बर ३ का १ जना र जीराभवानी गाँउपालिका वडा नम्बर २ का २ जनामा पनि संक्रमण देखिएको डाक्टर चौरसीयाले जानकारी दिए। आइतवार राति थप ३२ जनामा संक्रमण पुष्टि भएसंगै पर्सामा संक्रमितको संख्या २ हजार १ सय ९२ पुगेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।
बाराको कोल्भी नगरपालिकाका ३ जनामा र महागढी नगरपालिका वडा नम्बर ११ का १ जनामा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !