कोरोना संक्रमणमुक्त १६ जना स्वास्थ्यकर्मीले गरे रक्तदान

कोरोना संक्रमणमुक्त १६ जना स्वास्थ्यकर्मीले गरे रक्तदान

कपिलवस्तु : कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित स्वास्थ्यकर्मीहरुले रक्तदान गरेका छन् । कपिलवस्तु अस्पताल, तौलिहवा ब्लड बैंक र बुटवल ब्लड बैंकको सहकार्यमा कोरोना संक्रमण मुक्त भएका कपिलवस्तु अस्पतालका ३ महिला स्वास्थ्यकर्मीसहित १६ जना स्वास्थ्यकर्मीले रक्तदान गरेका हुन् । रक्तदान कार्यक्रम कपिलवस्तु अस्पतालमा गरिएको हो ।

यसरी संकलन गरिएको १६ प्वाइन्ट रगत बुटवलस्थित ब्लड बैंकमा पठाइएको कपिलवस्तु अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. किशोर बन्जाडेले बताए । यो रगत कोरोना संक्रमित बिरामीको प्लाज्मा थेपारी उपचारमा उपयोगी हुने डा. बन्जाडेले बताए । 

प्लाज्मा थेपारी उपचार र यसका लागि आवश्यक रगत तथा अन्य व्यवस्थापनका लागि प्रदेश नं. ५ मा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका संयोजक डा. प्रशान्त आचार्य र प्लाज्मा थेरापी संयोजक डा. सम्राट पराजुलीले संयोजन गरिरहेका छन् ।

कोरोना नेगेटिभ रिर्पोट भएको १४ दिन वितिसकेका आफूलगायत स्वास्थ्यकर्मी साथीहरु तथा अन्य संक्रमण मुक्त भएकाहरुले संक्रमितको ज्यान जोगाउनका लागि स्वतस्फूर्त रुपमा प्लाज्मा थेरापीका लागि रक्तदान गरेको कपिलवस्तु अस्पतालका मे.सु. डा. बन्जाडेले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.